News

May 9, 2009

प्रधानमन्त्री महिला बनाउनुपर्ने माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पेशागत महिलाले पुरुषको नेतृत्व असफल भएकाले अब प्रधानमन्त्री महिला बनाउनुपर्ने माग गरेका छन्। उनीहरुले थुप्रै समय त्यत्तिकै गएको र बाँकी समय पनि पुरुषबाट केही हुने नदेखिएकाले आफूहरुले यस्तो माग गरेको एक कार्यक्रममा बताए। पेशागत तथा व्यवसायी महिलाको तथ्यांक राखिनुपर्ने माग पनि उनीहरुको छ। नयाँ स‌ंविधान बनाउन संकलन गरिएको सुझावमा पनि महिलासम्बन्धी प्रश्न एकाध मात्र राखिएको उनीहरुको गुनासो थियो।

No comments: