News

May 9, 2009

जग्गा विवादमा गोली हानाहान हुँदा ३ मृत्यु ५ घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तरीको पकरी गाविस १ मा जग्गासम्बन्धी विवादमा दुइ पक्षबीच भएको झडपका क्रममा गोली हानाहान हुँदा ३ जनाको मृत्यु भएको छ। गोली लागि अन्य ५ जना घाइते भएका छन्। गएराती १२ बजेतिर भएको झडपमा गोली लागेर मृत्यु हुनेमा २० वर्षिय रमेश मण्डल, १५ वर्षिय रञ्जित यादव र १६ वर्षिय सकलदेव मण्डल रहेका छन्। रमेश र रञ्जितको उपचारका लागि सगरमाथा अञ्चल राजविराज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। यसैगरी सकलदेवमण्डलको पनि उपचारका लागि धरान लाने क्रममा बाटोमै ज्यान गएको हो। गोली लागेर घाइते ५ जनाको हाल धरानमा उपचार भइरहेको छ। घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यादव र मण्डल परिवारबीच लामो समयदेखि रहेको रिसिबी जग्गा विवादमा परिणत भइ झडप भएको र झडपकै क्रममा गोली हानाहान् भएको स्थानीयले बताएका छन्।

No comments: