News

May 10, 2009

बहुमतको आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिले पत्र पठाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २७- राष्ट्रपति रामवरण यादवले बहुमतको आधारमा प्रधानमन्त्री चयन गर्न व्यवस्थापिका-संसद्लाई पत्र पठाएका छन्। यसअघि सहमतिको आधारमा प्रधानमन्त्री चयन गर्न सन्देश पठाएका यादवले सो समयभित्र प्रधानमन्त्री चयन हुन नसकेपछि अर्को सन्देश पठाएका हुन्। राष्ट्रपति यादवद्वारा सहमतिको आधारमा सरकार गठन गर्न तोकिएको ५ दिनको समय शनिबार समाप्त भएको थियो । राष्ट्रपतिको कार्यालयका तर्फबाट सचिव रामहरि अर्यालले संसद् सचिवालयलाई लेखेको पत्रमा 'राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ २ बमोजिम प्रकि्रया प्रारम्भ गर्न संविधानसभालाई सन्देश पठाउनुभएको' व्यहोरा अनुरोध गरिएको छ।संविधानको धारा ३८ २ मा लेखिएको छ- 'सहमति कायम हुन नसकेमा संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्यको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुनेछ।' अब व्यवस्थापिका संसद्ले ३०१ जना सदस्यको समर्थन जुटाउने संविधानसभा सदस्यलाई प्रधानमन्त्री चयन गर्नेछ।प्रधानमन्त्री चयनको कार्यतालिका संसद् सचिवालयले तयार गर्नेछ ।

No comments: