News

May 10, 2009

अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आदिवासी चलचित्रको प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले स्थापित इन्डिजिनस फिल्म अर्काइभले तेस्रो अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव गर्ने भएको छ । १४ देखि १७ जेठसम्म हुने उक्त महोत्सवमा विभिन्न मुलुकमा बनेका दुई दर्जनभन्दा बढी चलचित्र प्रदर्शन हुने भएको छ । विभिन्न मुलुकका आदिवासी फिल्मलाई एउटै थलोमा देखाउने र आदिवासीका मुद्दालाई दर्शाउने हेतुले महोत्सव गर्न लागिएको आयोजक संस्थाले बताएको छ । 'विभिन्न समुदायबीच सांस्कृतिक सद्भाव स्थापना गर्नमा पनि यो महोत्सव सहयोगी हुनेछ,' निर्देशक नवीन सुब्बाले भने । सन् २००७ देखि हुँदै आएको महोत्सवमा नेपालका आदिवासी जनजातिका विषय तथा भाषामा बनाइएकाले चलचित्र, वृत्तचित्र, छोटा चलचित्र एवं म्युजिक भिडियो प्रदर्शन गरिने भएको छ । महोत्सवमा भेनेज्युएला, अमेरिका, भारत, फ्रान्स, नर्वेलगायतका मुलुकका फिल्म प्रदर्शन गरिने भएको छ । त्यसो त संविधानसभामा बनेको बोलिभियाको चलचित्र 'बिल्डिङ डिग्निटी' र नवीन सुब्बा निर्देशित 'द लङ जर्नी' पनि महोत्सवमा प्रदर्शन हुने भएको छ ।

No comments: