News

May 9, 2009

राष्ट्रिय सहमतिको सरकार नबन्ने निश्चित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानको धारा ३८ को उपधारा (१) बमोजिम राष्ट्रिय सहमतिको सरकार नबन्ने निश्चित भएपछि राजनीतिक दलहरू बहुमतको सरकार बनाउने गृहकार्यमा लागेका छन्। राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार बनाउन आज शनिबारसम्मको समय दिएको भए पनि सहमतिको सरकार बन्न सकेन। दलहरू बहुमतको सरकार बनाउन गृहकार्यमा लागे पनि सरकार कहिलेसम्म बन्ने भन्ने अन्योल कायमै रहेको छ।संविधानसभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको एकीकृत नेकपा (माओवादी) ले राष्ट्रपति डा. रामवरण यादवले सेनापति सम्बन्धमा सरकारको निर्णय विरुद्ध चालेको कदम फिर्ता नलिएसम्म सरकार बन्न नसक्ने स्पष्ट पारेको छ।सो पार्टी प्रवक्ता दीनानाथ शर्माले ‘अहिले देखा परेको मूल समस्या समाधान गर्नपट्टी भन्दा पनि कतिखेर कुर्सी जाउँ भन्ने अन्य दललाई हतारो छ, तर त्यो कसरी सम्भव छ र’ भनी प्रश्न गर्नुभएको छ।प्रवक्ता शर्माले निर्वाचित सरकारको संवैधानिक निर्णयलाई संविधानविपरीत राष्ट्रपतिले जसरी ‘कु’ शैलीमा उल्टयाउने काम गरेका छन् र त्यही कारण प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएको स्थिति छ, त्यसैले मूल राजनीतिक प्रश्नको समाधान नगरीकन सरकार बनाउने दोस्रो काम हुन सक्दैन भन्नुभयो।उहाँले संविधानविपरीत कदम चाल्ने राष्ट्रपतिले राजीनामा दिनुपर्छ या उनले अर्को ‘कु’ गरी संविधानसभाको अधिकार पनि आफनो हातमा लिएर सरकार बनाउनुपर्यो भन्ने माओवादीको प्रस्ट धारणा रहेको बताउनुभयो। माओवादीका भ्रातृ संगठनहरूले शुक्रबार राष्ट्रपति कार्यालयकै अगाडि गएर उहाँको निर्णय विरुद्ध नाराबाजी गर्नुका साथै उपत्यकाका विभिन्न ठाउँमा कोणसभा गरेका छन्।नेकपा (एमाले), नेपाली कांग्रेस, मधेसी जनअधिकार फोरम, तमलोपालगायतका दलहरू बहुमतको सरकार बनाउन क्रियाशील भए पनि ठोस निष्कर्षनिस्किसकेको छैन। नेकपा (एमाले) को नेतृत्वमा सरकार बनाउन नेपाली कांग्रेसले पहल गरेको छ। तर एमालेमा सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लाग्न भने बाँकी नै छ।

No comments: