News

May 9, 2009

अब बन्ने सरकार एमालेको नेतृत्व लिन तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानसेनापति प्रकरणमा नेकपा (एमाले) ले सरकारको निर्णय विरुद्ध राष्ट्रपति डा. रामवरण यादवले चालेको कदमलाई असल नियतले गरेको खराब कदम भनेको छ भने मन्त्रिपरिषद्ले गरेको निर्णयलाई खराब नियतले गरेको आंशिक संवैधानिक कदम भएको निष्कर्षनिकालेको छ। पार्टी केन्द्रीय कमिटीको शुक्रबारदेखि प्रारम्भ भएको दोस्रो बैठकले राष्ट्रपति र प्रधानमन्त्री दुवैले ठीक नगरेको धारणा बनाएको छ। बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले अब बन्ने सरकार एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको बन्नुपर्ने धारणा राखेको महासचिव इश्वर पोखरेलले जानकारी दिनुभयो।बैठकमा बितेका तीन वर्षा नेपाली कांग्रेस र एकीकृत नेकपा (माओवादी) को नेतृत्वको सरकार हेरिसकेकाले अब बन्ने सरकारको नेतृत्व एमालेले गर्नुपर्ने र त्यसका लागि एमालेले आफनो सक्रियता बढाउनुपर्ने सुझाव केन्द्रीय सदस्यहरूले दिएको महासचिव पोखरेलले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो।बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले प्रधानसेनापति रुक्मांगद कटवाललाई स्पष्टीकरण सोध्ने र बर्खास्त गर्ने विषयमा पार्टीके निर्णयबिना सहमति व्यक्त गरेको भन्दै पार्टीअघ्यक्ष झलनाथ खनालको आलोचना गरेको बैठकमा सहभागी एक नेताले लिम्वूवान डट व्लगस्पोट डटकमलाई जानकारी दिए।

No comments: