News

May 12, 2009

भारतीय जिकिरलाई चीन सरकारले खण्डन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालको राजनीतिलाई अन्यौलग्रस्त बनाउने काम चीनले गरेको भन्ने भारतीय जिकिरलाई चीन सरकारले खण्डन गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता मा चाउ स्वीले मंगलबार बेइजिङमा नियमित प्रेस सम्मेलनमा बोल्दै भारतीय पत्रिका टाइम्स अफ इन्डियाकोत् यस सम्बन्धी रिपोर्ट निराधार रहेको बताएका हुन्।गत मे ९ तारिखको टाइम्स अफ इन्डियामा प्रधानसेनापतिलाई अवकाश दिनबाट रोक्न भारत सरकारले प्रयास गरिरहँदा चीनले भने प्रधानमन्त्री पुष्पकमल दाहाललाई सन्देश पठाई अवकाश दिने निर्णयको समर्थन गर्ने जनाएको उल्लेख छ। सो पत्रिकामा स्रोतहरुलाई उद्‍धृत गर्दै चीनले प्रधानमन्त्री दाहाललाई आफ्नो अडानमा कायम रहन र त्यसका लागि आफूहरुले समर्थन दिने सन्देश बताएको समेत उल्लेख छ। विभिन्न भारतीय नेताले समेत चीनले नेपालमा 'अवैध चासो' राखेको भन्दै सार्वजनिक रुपमा आलोचना गर्ने गरेका छन्। प्रवक्ता स्वीले बताए, चीन सरकारले अरु देशको आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने सिद्धान्तलाई कायम राख्दैआएको छ। उनले नेपालका विभिन्न राजीतिक पार्टी एक भएर शान्ति प्रक्रियालाई अघिबढाउनुका साथै राजनैतिक स्थिरता र आर्थिक विकासलाई साकार तुल्याउनसक्ने आशा चीनले गरेको बताए।

No comments: