News

May 12, 2009

एक लाख ६० हजारले गाएर विश्व रेकर्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हैदरावाद/ भारतको हैदरावादमा एकैपटक एक लाख ६० हजार मानिसले भजन गाएर विश्व रेकर्ड बनाएका छन् । एक लाख ६० हजार मानिसले तेलेगु सन्त अन्नामाचार्यको भजन गाए । यसभन्दा अगाडि सन् १९३७ मा अहिलेको पोल्यान्डको रोक्लामा भएको एक प्रतियोगितामा ६० हजार मानिसले सामूहिक गीत गाएर गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका थिए । पोल्यान्डको रोक्लामा बनेको रेकर्ड तोड्न हैदरावादमा आयोजित कार्यक्रममा अन्नामाचार्यका सात भजन गाइएका थिए । यस कार्यक्रममा गिनिज बुक अफ वल्र्ड रेकर्डस् राखेको सम्मानस्वरूप प्रमाणपत्र दिन निणर्यक सदस्य रेमन्ड मार्सन सहभागी भएका थिए । कार्यक्रम आन्ध्र प्रदेश राज्य सांस्कृतिक परिषद् र गैरसरकारी संस्था सिलिकान आन्ध्राले अन्नामाचार्यको ६१०औं जन्मदिवसका अवसरमा संयुक्त रूपमा आयोजना गरेका थिए । अन्नामाचार्य दक्षिण भारतका सबैभन्दा प्रभावशाली सन्त कविमध्येका एक हुन् । उनले भगवान् बैंकटेश्वरको स्तुतिमा करिब १४ हजार भजन लेखेका थिए ।

No comments: