News

May 2, 2009

अभिनेत्री रेखा थापालाई फेसबुकले तनावमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

अभिनेत्री रेखा थापा केही दिनदेखि तनावमा छिन् । तनाव हुनुको कारण बनेको छ- फेसबुक । रेखा इन्टरनेट त चलाउँछिन्, तर उनलाई फेसबुक एकाउन्टका बारेमा भने केही थाहा रहेनछ । केही थाहा नभएपछि फेसबुक एकाउन्ट बनाउने त कुरै भएन । तर, उनको नाममा फेसबुक चलिरहेको छ । नाम मात्र होइन, फोटो-प्रोफाइल पनि उनकै छ । विदेशमा रहेका आफ्ना साथीले खबर गरेपछि मात्रै फेसबुक एकाउन्ट भएको थाहा पाएको बताउँदै भनिन्, 'अज्ञात व्यक्तिले मेरो नाममा फेसबुक चलाएका रहेछन् । नरमाइलो लाग्यो ।'उनलाई फेसबुकमा जथाभावी इमेल पठाउनेहरूदेखि रिस उठेको छ । अनुरोधको शैलीमा भनिन्, 'मेरो नाममा जसले फेसबुक चलाए पनि कृपया जथाभावी नगर्नुहोस् । यसले गर्दा भ्रम पैदा हुन्छ ।' रेखा आफूले फेसबुक एकाउन्ट नखोलेको बताउँदै आफ्नो नाममा कसैलाई इमेल, म्यासेज आए पनि भ्रममा नपर्न अनुरोध गर्छिन् । आफ्नो नाममा फेसबुक चलाउने 'अज्ञात फ्यान'लाई आफ्नो नामको दुरुपयोग नगरिदिन हुन उनले आग्रह गरेकी छिन् ।

No comments: