News

May 2, 2009

थरूहट बन्द १० दिनदेखि जनजीवन कष्टकर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै संयुक्त थरूहट संघर्ष समितिले १० दिनदेखि गरेको तराईमा बन्द शुक्रबार पनि जारी रह्यो । बन्दका कारण तराईको जनजीवन कष्टकर बनेको छ । बन्दका क्रममा प्रदर्शनकारीले सडकमा टायर बालेर यातायात अवरोध गरेका छन् भने बजार खुल्न दिएका छैनन् । यातायात अवरोध हुँदा सयौं यात्रु बीच बाटोमै अलपत्र परेका छन् । यातायात अवरोध तथा बजार बन्द हुँदा दैनिक उपभोग्य समानको पनि अभाव हुन थालेको छ ।चितवनमा दैनिक उपभोग्य सामान तथा पेट्रोलियम पदार्थको अभाव भएको छ । गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका छन् । सौराहामा आउने पर्यटकले होटल बुकिङ रद्द गरेका छन् । बन्दका कारण सर्वसाधारणलाई सास्ती भएको भन्दै चितवनका अधिकारवादी, यातायात तथा शैक्षिकलगायतका संघसंस्थाले विज्ञप्ति निकालेर वार्ताबाट समस्या समाधान गर्न आन्दोलनकारी तथा सरकारलाई अनुरोध गरेका छन् । आन्दोलनकारी थरूहट संघर्ष समितिले भने वार्ताका लागि टोली गठन गरे पनि सरकारले बेवास्ता गरेको आरोप लगाएको छ । सघर्ष समिति चितवनका संयोजक कारी महतोले वार्तामा बस्न सरकारले बेवास्ता गरेकाले बन्द जारी रहने बताए । यसैबीच, बन्दका क्रममा थरूहटका कार्यकर्ताले ठाउँ-ठाउँमा सवारीसाधन तोडफोड गरेका छन् । नवलपरासीको तिलकपुर-५ बासमा लु३प ९८८८ नम्बरको मोटरसाइकलमा बिहीबार राति आगजनी भएको छ । रौतहटमा थरूहटका कार्यकर्ताले शुक्रबार पनि यातायात अवरोध तथा बजार खोल्न दिएनन् । तर, स्थानीय प्रशासनले राति ९ बजेबाट राजमार्ग क्षेत्रमा कफ्र्यु लगाएर यातायात सुचारु गराउँदै आएको छ । बन्दका कारण चन्द्रनिगाहपुरका एक दर्जन सरकारी कार्यालय एक सातादेखि खुलेका छैनन् । आन्दोलनकारीले ती कार्यालयमा तालाबन्दी गरेका छन् ।

No comments: