News

May 8, 2009

गोरखामा फैलिएको रोग निमोनिया भएको पहिचान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उत्तरी गोरखाको गुम्दा गाविसमा फैलिएको रोग पोस्ट भाइरल निमोनिया भएको पहिचान भएको छ। गोरखा अस्पताल र स्वास्थ्य मन्त्रालयको स्वास्थ्यकर्मीको टोलीले बिरामी परीक्षण गरेपछि बिहीबार रोग पत्ता लागेको गोरखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (अधीक्षक) डा. गुणराज लोहनीले बताउनुभयो। टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, जीउ चिलाउने, पेटमा डल्लो हिँड्ने, पेट दुख्नेलगायतको लक्षण देखा पर्ने यस रोगबाट दुइ साता यता १३ जनाको मृत्यु भइसकेको गाउँलेहरुको भनाइ छ। गाउँमा पुगेको स्वास्थ्यकर्मीको टोलीले १ सय ५० जनाको स्वास्थ्य परीक्षण गरेको र ३० जनामा निमोनियाको लक्षण देखा परेको मेडिकल सुपरिटेन्डेन्ट डा. लोहनीले बताउनुभयो। ३ सय ३८ घरधुरी रहेको सो गाउँमा २ हजार ९ सय ३५ जनसंख्यामध्ये अधिकांश सो रोगबाट प्रभावित छन्।

No comments: