News

May 8, 2009

विवादास्पद भिडियो नेपाली सेनाको सैनिक मुख्यालयबाटै बाँडिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भनाइ समेटिएको विवादास्पद भिडियो टेप नेपाली सेनाको सैनिक मुख्यालयबाटै बाँडिएको पाइएको छ । सरकारले रुक्माङ्गद कटवाललाई प्रधानसेनापतिबाट हटाउन स्पष्टीकरण सोधेपछि मुख्यालयले सो भिडियो टेप राष्ट्रपति डा. रामवरण यादव, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला तथा संविधानसभामा रहेका विभिन्न राजनीतिक दलका नेताहरूलाई बाँडेको सैनिक स्रोतले गोरखापत्रसँग दाबी गरेको छ ।यसैगरी सेनाले उक्त भिडियो नेपालस्थित भारतीय राजदूत, अमेरिकी राजदूत तथा विभिन्न कूटनीतिक नियोगमा अङ्ग्रेजी भाषामा उल्थासहित वितरण गरेको नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिएको छ ।कटवाल प्रधानसेनापति रहेका बखत डेढ वर्षअघि एक जनमुक्ति सेनाको सहयोगमा सो भिडियो टेप जनमुक्ति सेनाको शिविरबाट बाहिर ल्याइएको थियो ।कटवालका तत्कालीन स्टाफ मेजर डिकबहादुर थापाले भिडियो बाहिर ल्याउन जनमुक्ति सेनाका एक उपकमान्डरसित सम्पर्कसूत्रको काम गरेको स्रोतले बतायो । टेप बाहिर ल्याउने योजना सफल पारेबापत मेजर थापालाई कटवालले पुरस्कृत गरेर अहिले संयुक्त राष्ट्रसङ्घीय मिसनअन्तर्गत कङ्गो पठाइएको छ ।चितवनको शक्तिखोरस्थित जनमुक्ति सेनाको तेस्रो डिभिजनमा १८ महिनाअघि माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक प्रशिक्षण दिने क्रममा तयार पारिएको भिडियो बाहिर ल्याउन सैनिक मुख्यालयले ती छापामारलाई तीन किस्तामा पैसा पठाएको थियो । "उपकमान्डर तहका ती छापामारलाई नेपाली सेनाले मोबाइल फोनसमेत किनिदिएको थियो भने टेप तयारीको सम्पूर्ण जिम्मा डिकबहादुर थापालाई दिइएको थियो", स्रोतले बतायो । थापाले कटवालको सीधा सम्पर्कमा रहेर टेप हात पारेको पनि स्रोतले थप्यो । स्रोतका अनुसार कटवालले त्यतिबेलै जनमुक्ति सेनामा विद्रोह गराउन ती उपकमान्डरलाई प्रस्ताव गर्नुभएको थियो ।

No comments: