News

May 6, 2009

राष्ट्रपतिले गल्ती स्वीकारेपछि मात्र नयाँ सरकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक निकासका लागि म‌ंगलबारबाट भेटघाट सुरु गरेका छन्। उनले एमाले अध्यक्ष झलनाथ खनाललाई भेटी अबको बाटोबारे छलफल गरेका छन्। डल्लुस्थित अध्यक्ष खनालको निवासमा भएको भेटमा अध्यक्ष खनालले राष्ट्रिय सरकार बनाउन प्रधानमन्त्रीसँग सहयोग मागेका थिए। तर प्रधानमन्त्री दाहालले राष्ट्रपतिबाट भएको गल्ती स्वीकार नभएसम्म सरकार गठनमा माओवादी लाग्न नसक्ने बताएका थिए। अध्यक्ष खनालले स‌ंसद अवरुद्ध प्रक्रिया अन्त गर्न माओवादीलाई अनुरोध गरेका थिए।प्रधानमन्त्री दाहालले राष्ट्रपतिबाट भएको कदमको विरोध गर्न एमालेलाई अनुरोध गरेका थिए।

No comments: