News

May 6, 2009

प्रधानमन्त्रीमा एमालेले माधवकुमार नेपाललाई प्रस्ताव गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले भावी सरकारको नेतृत्वका लागि आफ्नो दलले पूर्व महासचिव माधवकुमार नेपालको नाम प्रस्ताव गर्ने बताएकी छन्। नेपालको नाम सर्वसम्मत रुपमा प्रस्ताव गरिन लागेको उनले बताइन्।'माधवकुमार नेपाल सबैलाई मिलाएर लानसक्ने क्षमताका हनुहुन्छ' बुधबार रिपोटस्र क्लबमा भण्डारीले भनिन्- 'हाम्रो पार्टीले सर्वसम्मत रुपमा नाम प्रस्ताव गर्न लागेको हो।' पार्टीभित्र प्रधानमन्त्रीका लागि उपयुक्त तीनजना व्यक्तित्वहरु भएको उनले बताइन्।एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने उनको भनाई थियो। माओवादीले सदन अवरुद्ध गरी सरकार गठनको बाटो थुनेर अस्थिरता ल्याउन खोजेको आरोप लगाइन्। माओवादी अध्यक्ष प्रचण्डले लोकतान्त्रिक अभ्यासअन्तर्गत सजिलै सत्ता छाडेको र सदनमा पनि लोकतान्त्रिक अध्यास गर्न आग्रह गरिन्। माओवादी गतिविधि सत्ता कब्जाकै उद्येश्यमा रहेको भन्ने प्रचण्डको टेपकाण्डले प्रमाणित गरेको बताइन्। राष्ट्रपतिले उपयुक्त कदम चालेर देशलाई सम्भावित दुर्घटनाबाट जोगाएको उनको भनाइ थियो ।रनेकपा माओवादीका सचिवालय सदस्य वर्षमान पुन अनन्तले आफ्नो दलले जनसरकार पुर्नजिवित गर्ने र भिन्न विचार राख्नेमाथि आक्रमण गर्ने कुनै नीति नबनाएको बताए। भने 'हामी भिन्न दलका कार्यकर्तालाई विचारका आधारमा आक्रमण गर्ने र गाउँ छाड्न लगाउने नीति छैन जनसरकार पुर्नजिवित गर्ने नीति पनि छैन।'

No comments: