News

May 9, 2009

एमालेको सरकारमा सहभागी हुन दलहरुलाई आव्हान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने निर्णय गरेको छ । उसले उक्त सरकारमा सहभागी हुन माओवादी, काँग्रेस, फोरम लगायत सबै दललाई आव्हान समेत गरेको छ ।राजधानीको बल्खु स्थित केन्द्रीय कार्यालयमा शुक्रबार देखि सुरु केन्द्रीय कमिटी बैठकले शनिबार एमाले नेतृत्वमा भावी सरकार गठन हुनुपर्ने निर्णय गर्दै दलहरुलाई सरकारमा सहभागी हुन आव्हान गरेको हो । एमालेले सरकार गठनका लागि अन्य दलहरुसंग वार्ता गर्न अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष अशोक राई, विद्या भण्डारी लगायत नेता सम्मिलित ९ सदस्यीय वार्ता समिति गठन गरेको छ । एमाले केन्द्रीय कमिटी आइतबार पनि जारी रहने छ ।

No comments: