News

May 9, 2009

गतिरोधबाट निकास दिन प्रधानमन्त्रीको दुइ सर्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ ले मुलुकमा अहिलेको गतिरोधबाट निकास दिनका लागि राष्ट्रपतिको गैरसंवैधानिक कदम सच्याउनुपर्ने र दलहरू पहिलेजस्तो सांसदको खरिदबिक्रीमा नलागी माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन तयार हुनुपर्ने दुइ सर्त अघि सार्नुभएको छ। एबीसी टेलिभिजनको आउटलुक कार्यक्रमलाई शनिबार दिनुभएको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले दलहरू आएर माओवादीलाई राष्ट्रिय सरकार बनाउन भनेर आग्रह गरे नै बुद्धिमानी ठहर्छ भन्नुभयो। ‘उनीहरूले माओवादीलाई नेतृत्व गरिदेओ भन्नुपर्छ। माओवादीविरुद्ध सरकार बनाउने भन्छन्। त्यो पनि आफनै बुद्धिले भनेको भए हुन्थ्यो। रिमोट कन्ट्रोलबाट चलिरहेका छन्’ -उहाँले भन्नुभयो।अलिकता मात्रै राष्ट्रिय स्वाभिमान छ भने दलहरूले माओवादीलाई सरकार बनाऊ भन्नुपर्ने तर त्यसो नभएको बताउँदै उहाँले नत्र गृहयुद्ध हुने र देश लेबनान र युगोस्लाभिया त हुँदैन भन्ने प्रश्न उब्जिएको बताउनुभयो। उहाँले आफूले दिएको राजीनामा माओवादीको अझ अघि बढाइ र फेरि पनि बलिदानी भएको तर्क गर्दै भन्नुभयो- ‘राष्ट्रपतिको असंवैधानिक कदमका विरुद्ध मैले राजीनामा दिएको हुँ। शान्तिविरोधीलाई मजाले खान दिन राजीनामा दिएको होइन। लुट भनेर राजीनामा दिएको होइन।’‘टेप प्रकरण’ राजीनामापछि आफनो उचाइ बढेको महसुस गरेर कद घटाउनका लागि षड्यन्त्रपूवक आएको उल्लेख गर्दै प्रचण्डले संविधानसभा हुने वा नहुने अन्योलको अवस्थामा कार्यकर्ताको मनोबल बढाउन आफूले त्यस्तो कुरा बोलेको बताउनुभयो। बहुदलीय प्रतिस्पर्धा मान्ने कुरा माओवादीले ९ वर्षघि नै प्रस्ताव पारित गरिसकेको तर षड्यन्त्रकारीहरूले गलत हल्ला फैलाएको प्रचण्डको भनाइ थियो।विदेशी हस्तक्षेपका सम्बन्धमा राखिएको जिज्ञासामा प्रचण्डले यो कुरा दिनको उज्यालो जत्तिकै छर्लङ्ग भएको बताउँदै स्वाभिमानको हिसाबले देशलाई खोक्रो बनाइएको रहेछ भन्नुभयो। अरूको रिमोटमा सञ्चालित भएर सरकारकै एउटा कर्मचारी सेनापतिका पछाडि लाग्नु आर्श्चर्यजनक रहेको प्रधानमन्त्रीको भनाइ थियो।दलका नेताहरूलाई बुद्धि नभएका भनेर प्रचण्डले गाली गरे पनि अन्त्यमा भने दलहरूलाई अपिल गर्दै नागरिक स्वतन्त्रताका लागि माओवादीसँग मिल्न आउन अपिल गर्नुभएको थियो।

No comments: