News

May 2, 2009

संयुक्त लिम्बुवान मोर्चाको आन्दोलन सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त लिम्बुवान मोर्चाले जातीय, क्षेत्रीय र भाषिक आधारमा संघीय प्रदेश निर्माणको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । विभिन्न राजनीतिक दलमा रहेका लिम्बु नेताहरुले गठन गरेको संयुक्त लिम्बुवान मोर्चाले आत्म निर्णयको अधिकार सहितको लिम्बुवान स्वायक्त राज्यको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । मोर्चाले राजधानीमा वैशाख १९ गते पत्रकार सम्मेलन गरेर वैशाख २० गते माइतीघर मण्डलाबाट जनप्रर्दशन र २१ गते लिम्बुवानका सभासदहरुसँग अन्तरकि्रया गर्ने जानकारी दिएको छ । यसैगरी आज सार्वजनिक गरिएको कार्यक्रम अनुसार जेठ १ देखि १० गतेसम्म लिम्बुवान अन्तर्गतका ९ जिल्लामा जनचेतना मूलक विभिन्न कार्यक्रम तथा दोस्रो चरणको आन्दोलन तय गर्ने र जेठ ११ देखि २० गतेसम्म जनप्रर्दशन गरिनेछ

No comments: