News

May 9, 2009

बेलायती महिलाहरूले ४२ हजार घन्टा फोनमै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन/ बेलायती महिलाले आफ्नो जीवनकालमा दुई लाख ८८ हजार फोन गर्ने वा रिसिभ गर्ने गरेको एक बेलायती अध्ययनले देखाएको छ । यसको अर्थ महिलाहरूले ४२ हजार घन्टा वा ४.७५ वर्ष फोनमै बिताउँछन् । पुरुषले आफ्नो कुल जीवनकालमा दुई लाख ७७ हजार कल फोन गर्ने वा रिसिभ गर्ने गर्छन् । यसको अर्थ हो, बेलायती पुरुषहरू २८ हजार पाँच सय घन्टा फोनमै बिताउँछन् । वर्षको हिसाबले यी कलको समय ३.२५ वर्ष हुन जान्छ । फोनपिगीबैंकडटकमले गरेको अध्ययनअनुसार बेलायतको राजधानी लन्डनमा महिलाले ल्यान्डलाइन वा मोबाइल फोनमा प्रतिहप्ता सबैभन्दा बढी समय १४ घन्टा १६ मिनेट बिताउँछन् ।

No comments: