News

May 9, 2009

आठ जर्नेलसम्बन्धी फैसला आज हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आठ जर्नेललाई अवकास दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश बदर गर्ने/नगर्ने सम्बन्धमा आइतबार निर्णय सुनाउँदै छ। सर्वोच्चले पछिल्लो सुनुवाईमा २२ गतेसम्मलाई बहस नोट बुझाउने समय तोकेको थियो। माओवादी नेतृत्वको सरकार र सेनाबीच कटुता बढ्नुमा यसलाई पनि एक प्रमुख कारण मानिएको छ। सरकारले प्रधानसेनापति रुक्माङ्गत कटवाललाई सोधेको स्पष्टीकरणमा सर्वोच्चले अन्तरिम आदेशमात्र जारी गरे पनि ती जर्नेललाई किन हाजिरी गर्न दिइयो भन्ने प्रश्न पनि रहेको छ।

No comments: