News

May 12, 2009

माओवादी र मधेशी मोर्चाबीच छलफल र भेटघाट तिव्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २९ - सरकार निर्माणका लागि महत्वपूर्ण भूमिकामा रहेको मधेशवादी दलहरु आवद्ध संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सक्रियता बढेको छ । मोर्चाको समर्थन माओवादीले वा एमाले-काँग्रेस गठबन्धन जसले पाउँछ उसलाई सरकार गठन गर्न सजिलो हुने अवस्था रहेको छ ।मोर्चाका नेताहरुसंग सरकार गठनमा सक्रिय दुई पक्षकै भेटघाट तिव्र भएको छ । यसैक्रममा मंगलबार बिहान मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी तथा सदभावना पार्टीका नेताहरुसंग माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका माओवादी नेतृत्वले बालुवाटारमा छलफल गरेका छन् । झण्डै साढे दुई घण्टा भएको छलफलमा माओवादी नेतृत्वले आफूलाई सघाउन मोर्चाका नेताहरुसंग अनुरोध गरेको स्रोतले जनाएको छ । मधेशवादी दलले सदन अवरोध नगरी राजनीतिक निकासका लागि सघाउन माओवादी नेतृत्वलाई आग्रह गरेको बुझिएको छ । छलफलमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम सहअध्यक्ष जेपी गुप्ता,सदभावना अध्यक्ष राजेन्द्र महतो लगायतका नेताहरुको सहभागिता रहेको थियो ।माओवादी वा माओवादी इतर गठबन्धनलाई सघाउने निर्णयमा नपुगेको मधेशी जनअधिकार फोरमले पनि आज आन्तरिक र संयुक्त छलफल गर्दैछ । एमाले गठबन्धनलाई सघाउने बताएको तमलोपाले आज संसदीय दलको बैठक बसेर आधिकारिक धार्ना तय गर्ने भएको छ ।

No comments: