News

May 3, 2009

संयुक्त लिम्बुवान मोर्चा, नेपालको अपील

आदरणीय जनसमुदायहरू,
संविधान सभामार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माण भइरहँदा शदीयौंदेखि विद्यमान एकात्मक र केन्द्रीकृत राज्य संरचना र शासनव्यवस्थाद्वारा सिर्जित सबैखाले समस्याको स्थायी समाधानका लागि जाति, भाषा र क्षेत्रको आधारमा राज्यको पुनर्संरचना गरी सङ्खुवा-अरुण-सप्तकोशीपूर्वको ९ जिल्लाको भूभागलाई जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहित "लिम्बुवान स्वायत्त राज्य"को संवैधानिक सुनिश्चित गर्न लिम्बुवानसम्वद्ध विभिन्न राजनीतिक तथा आदिवासी संगठन आवद्ध "संयुक्त लिम्बुवान मोर्चा, नेपाल"को आयोजनामा यही २०६६ वैशाख २० गते काठमाडौंको माइतिघर मण्डलामा उपस्थित भई नयाँवानेश्वरस्थित् संविधानसभा केन्द्रीत दवाबमुलक जनप्रदर्शन कार्यक्रम गर्ने भएकोले यहाँको सहभागिता, सहकार्य, समन्वय, सहयोग र ऐक्यवद्धताका लागि हार्दिक अपील गर्दछौं ।
मोर्चाको माग र नाराहरूः
लिम्बुवान स्वायत्त राज्य, सुनिश्चित गर ।
जाति, भाषा र क्षेत्रको आधारमा, राज्यको पुनर्संरचना गर ।
लिम्बुवान आन्दोलन, जारी छ ।
लिम्बुवान राष्ट्रिय मुक्ति आन्दोलन, जिन्दावाद !
सम्पूर्ण लिम्बुवानवासी जनता, एक हौं ।
आई. एल. ओ. महासन्धि १६९, कार्यान्वयन गर
सम्पूर्ण संघीयवादीहरू, एक हौं ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, जिन्दावाद !
आत्मनिर्णयको आधिकार, ग्यारेण्टी गर ।
पृथकतावाद, अतिजातिवाद र अराजकतावाद, मुर्दावाद !
एकात्मक, यथास्थितिवाद र सुधारवाद, मुर्दावाद !
संघीयता विरोधीहरू, होसियार !
वीर शहीदहरू, अमर रहुन् ।
संयुक्त लिम्बुवान मोर्चा, नेपाल, जिन्दावाद !
संयुक्त लिम्बुवान मोर्चा, नेपाल
१. लिम्बुवान मुक्ति मोर्चा
२. लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा (एनेकपा माओवादी)
३. संघीय लिम्बुवान राज्य परिषद् (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च)
४. नेपाल लोकतान्त्रि किरात लिम्बू संघ (नेकपा एमाले)
५. नेपाल लिम्बुवान स्वशासित संघ (एकीकृत), (नेकाप एकीकृत)
६. लिम्बुवान प्रान्तीय परिषद् (राष्ट्रिय जनमुक्ति पार्टी)
७. नेपाली कांग्रेस
८. किरात याक्थुङ चुम्लुङ

No comments: