News

May 3, 2009

प्रधानसेनापति रुक्माङ्गद कटवाल बर्खास्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारबाट बर्खास्त गरिएका प्रधानसेनापति रुक्माङ्गद कटवालले सरकारको अवकाश पत्र रक्षामन्त्रालयमार्फत बुझेका छन् ।सरकारबाट बर्खास्त गरिएको प्रधानसेनापति रुक्माङ्गद कटवालले सरकारको अवकाश पत्र रक्षामन्त्रालयमार्फत बुझेका छन् । श्रोतका अनुसार, कटवाललले जंगी अड्डा भद्रकालीमा बैशाख २० गते रक्षा मन्त्रालयको पत्र बुझेका हुन् । बिहान प्रधानमन्त्री कार्यालयमा कटवालले सरकारको अवकाश पत्र नबुझेको समाचार सार्वजनिक भएको थियो । कटवाल अझै जंगी अड्डामै छन् । आजै सरकारले कटवाललाई बर्खास्त गर्दै सेनामा दोश्रो बरियतामा रहेका कुलबहादुर खड्कालाई कामु प्रधानसेनापति बनाउने निर्णय गरेको थियो ।मन्त्रीपरिषदले कटवाललाई बर्खास्त गर्ने निर्णय गर्नासाथ प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति डा. रामवरण यादवलाई टेलिफोनबाट निर्णय जानकारी दिएका थिए । प्रधानमन्त्रीले टेलिफोनबाट सरकारलाई सहयोग गर्नसमेत आग्रह गरेका थिए । राष्ट्रपतिका प्रेस सल्लाहाकार राजेन्द्र दाहालका अनुसार, राष्ट्रपतिले प्रधानमन्त्रीलाई टेलिफोनमा 'मैले बारम्बार नयाँ संविधान निर्माण र शान्ति प्रक्रिया ध्यानमा राखेर सहमतिका आधारमा निर्णय गर्नुस् भनेको थिएं, तर त्यस्तो भएको देखिएन र मलाई राम्रो लागेन' भनेका थिए ।सरकारले अझै राष्ट्रपतिलाई कटवाललाई कारवाही गरेको औपचारिक जानकारी भने दिएको छैन । उता, नेपाली कांग्रेससम्बद्ध नेपाल बिद्यार्थी संघले राजधानीस्थित त्रिचन्द्र कलेज अघि प्रधानसेनापति कटवाललाई बर्खास्त गरिएको निर्णय बिरुद्ध बिरोध प्रदर्शन गरेको छ । यसैबीच कटवाललाई सरकारले बर्खास्त गरेको समर्थनमा माओवादी कार्यकर्ताले राजधानीका बिभिन्न स्थानबाट जुलुश निकालेको छन् ।

No comments: