News

May 4, 2009

प्रधानसेनापतिलाई राष्ट्रपतिले मध्यरातमा 'पुनस्थापित' गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले बर्खास्त गरेका प्रधानसेनापति रुक्मांगद कटवाललाई राष्ट्रपति डा. रामवरण यादवले मध्यरातमा 'पुनस्थापित' गरेका छन् । राष्ट्रपतिले कटवाललाई सिधै पत्र लेखेर प्रधानसेनपतिका रूपमा यथावत् काम गर्न भन्दै त्यसको बोधार्थ मात्र प्रधानमन्त्रीलाई पठाएका छन् । दुई साता लामो विवादपछि मन्त्रिपरिषद् बैठकले आइतबार मध्याह्न प्रधानसेनापति कटवाललाई बर्खास्त गर्दै दोस्रो बरियताका रथी कुलबहादुर खड्कालाई कामय मुकायम दिएको थियो । तर, सेनापतिको विषयमा निर्णय गर्ने अधिकार आफूसँग मात्रै निहित रहेको दाबी गर्दै राष्ट्रपति डा. यादवले सरकारको निर्णयलाई अस्विकार गरेका छन् ।सैनिक ऐनको धारा ११ को उपदफा ३ मा सरकारले आवश्यक ठानेको बखत प्रधानसेनापतिलाई बर्खास्त गर्न सक्ने व्यवस्था छ । तर, राष्ट्रपतिले भने प्रधानसेनापतिको नियुक्ति र अवकाशका विषय संवैधानिक र प्रक्रियतागत रूपमा समेत अपूर्ण रहेको जिकिर गर्दै त्यस्तो अधिकार आफैंले लिएको दाबी गरेका छन् । उनले सेनापतिलाई लेखेको पत्रमा भनेका छन्, 'प्रधानसेनापतिको अवकाश तथा नयाँ नियुक्तिसम्बन्धी विषय संवैधानिक र प्रक्रियागत रूपमा समेत पूर्ण नभएको र संविधानको भावना र मर्म, संवैधानिक व्यवस्थाअनुकूल बनाउन लेखिएको हुँदा वर्तमान अवस्थामा यथावत् रूपमा प्रधानसेनापतिको हैसियतमा निरन्तरता दिनुहुन राष्ट्राध्यक्ष तथा नेपाली सेनाको सर्वोच्च परमाधिपतिको हैसियतले म निर्देशन गर्दछु ।'

No comments: