News

May 10, 2009

क्रिस्टियानो रोनाल्डो यौनसम्पर्कमा अल्छी र निष्क्रीय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन/ 'एकैछिनलाई भुल्नुस् रोनाल्डोको ४१ यार्ड टाढाको फ्रीकिकलाई, उनको ड्रिबलिङलाई समेत बिर्सनुस्,' यो भनाइ हो ग्राबिएला एडि्रन्गेरको । उनी म्यानचेस्टर युनाइटेडका खेलाडी क्रिस्टियानो रोनाल्डोकी पूर्वप्रेमिका हुन् । रोनाल्डोकी पूर्वप्रेमिकाले पूर्वप्रेमीसँग रात बिताएको स्मरणलाई सञ्चारसामु सबैलाई सुनाउने क्रममा सो कुरा भनेकी हुन् । रोनाल्डो मैदानमा जति फुर्तिला देखिन्छन्, यौनसम्पर्क गर्दा त्यति नै अल्छी रहेको दाबी ग्राबिएलाले गरेकी छिन् । 'कोठामा सबै तयारी भइसक्दा उनी (रोनाल्डो) भने निकै अल्छी गर्छन्, उनको शरीरको सबै लुगा मैले नै फुकालिदिनुपर्छ,' रोनाल्डोसँगको यौनसम्पर्क गर्नुअघिको वातावरणलाई सम्झीदै उनीले भनिन्, 'जति मैदानमा रोनाल्डो फिटनेसमा फिट हुन्छन्, त्यसको विपरीत राति भने एकदम अल्छी र निष्क्रीय हुन्छन् ।' ग्राबिएलाले भनिन्, 'ओछ्यानमा सबै काम मैले नै गर्नुपथ्र्यो, उनमा कुनै पनि जागरुकता छैन र त्यति आनन्दित पनि हुँदैनन् ।' यहाँसम्म कि यौनसम्पर्क गर्नुअघि रोनाल्डोको शरीरमा 'बडी लोसन'समेत ग्राबिएलाले नै राखिदिनुपर्ने रहेछ । 'यो सत्य हो, उनले दैनिक लोसन दल्छन्, तर त्यो सधैं मैले नै राखिदिनुपर्छ,' उनीले थपिन् । मैदानमा ट्याकल गर्न माहिर खेलाडी रोनाल्डो राति कुनै 'ट्याकल' बिर्सने बानी रहेको उनीको भनाइ छ । 'आर्सनलविरुद्ध जति रोनाल्डो आक्रामक थिए, त्यति बेडरुममा थिएनन्, बेडमा पुग्दा उनले सबै ट्रयाक गर्न बिर्से, कसरी अगाडि बढ्नुपर्छ भन्नेसमेत ज्ञान रहेनछ,' मैदान र बेडरुमबीच प्रस्तुत हुँदा रोनाल्डोको भिन्नताबारे उनीले बताइन् । 'बेडमा मलाई निकै माया मात्र गर्छन्, खासै आक्रामक हुँदैनन्, प्रत्येक काम मैले नै गर्नुपर्छ,' २८ वर्षीया ग्राबिएलाले भनिन् । हप्तौं एकै कोठामा रोनाल्डोसँग सुतेकी ग्राबिएलाले दुवैबीचको प्रेम कसरी भयो भन्ने कुरा यसरी सुनाइन् । दुवैबीच पहिलोपटक फेबु्रअरी ताका लिस्वोनको एक नाइटक्लबमा भेट भएको थियो । त्यसपछि ग्राबिएलाले पोर्चुगी स्टारसँग ६ साता घुमफिर गरिन् । नाइटक्लबमा रोनाल्डो सिधै उनीसमक्ष नगएर एक साथीलाई कुरा गर्न पठाएका थिए । 'उसको सन्देश एकजना साथीबाट मिल्थ्यो, खासमा रोनाल्डोले मसँग कुरा गर्न खोजिरहेको रहेछ,' पहिलो भेटबारे ग्राबिएलाले सुनाइन्, 'त्यसपश्चात् रोनाल्डो सिधै आयो र हामीबीच आधा दर्जन शब्दजति कुरा भयो होला,' पहिलो भेटबारे ग्राबिएलाले भनिन्, 'त्यसपछि हामी दुवैले एक साथीलाई 'सन्देशवाहक' रूपमा प्रयोग गर्‍यौँ, सोही साथीबाटै सबै कुरा आदान-प्रदान हुन्थ्यो ।' रोमाञ्चित हुँदै ग्राबिएलाले भनिन्, 'साथीले सन्देश ल्याउँथे अनि मैले उत्तर दिन्थेँ,' उनीले भनिन्, 'अन्त्यमा रोनाल्डो आफैले मेरो नम्बर मागे, नम्बर पाएको तीन मिनेट बित्न नपाउँदै उनको घन्टी आयो ।' तत्कालै ग्राबिएला रोनाल्डोसँग गइनन् । वास्तवमा ग्राबिएलाले टेलिभिजनमा रोनाल्डोलाई देखेको कारण पहिलो भेटमै जान इच्छुक नभएको खुलासा गरिन् । समय बित्दै गएपछि रोनाल्डोले आफ्नो प्रत्येक खेल हेर्न आउन निमन्त्रणा दिएको उनले बताइन् । रोनाल्डोसँग बेलायतको चेसिर्यमा एक साता ग्राबिएलाले बिताइन् । सो क्रममा रोनाल्डोले चार लाख पाउन्ड खर्चे । रोनाल्डोसँग बिताएका प्रत्येक रात बिर्सन नसकेको उनको दाबी छ । 'हाम्रो सम्बन्ध विछोड भए पनि ती प्रत्येक क्षणलाई सदैव सम्झीरहने छु,' ग्राबिएलाले भनिन् ।

No comments: