News

May 11, 2009

रुक्माङ्गदलाई कारवाही गर्न भारतसँग कुरा गर्न चाहेका थिए प्रचण्डले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानसेनापति रुक्माङ्गद कटवाललाई कारवाही गर्नुअघि भारतीय वरिष्ठ अधिकारीहरुसँग कुरा गर्न आफूले चाहे पनि नपाएको खुलाशा माओवादी अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन् । माओवादी अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानसेनापति रुक्माङ्गद कटवाललाई कारवाही गर्नुअघि आफूले भारतीय वरिष्ठ अधिकारीहरुसँग गम्भीर छलफल गर्न चाहेको बताएका छन् । भारतबाट प्रकाशित अंगेजी दैनिक पत्रिकामा बैशाख २८ गते प्रकाशित अन्तर्वार्तामा दाहालले आफूले भारतीय अधिकारीहरुसँग गम्भीर छलफल गर्न चाहेको समाचार पठाउन नेपालस्थित भारतीय राजदूत राकेश सुदलाई अनुरोध गरेको पनि उल्लेख गरेका छन् । सिद्धार्थ वर्दराजनले लिएको अन्तर्वार्तामा दाहालले भनेका छन्, 'तर, भारतको भईरहेको चुनावलाई कारण देखाउदै सुदले तत्काल सम्भव छैन भने ।'प्रचण्डले अन्तर्वार्तामा भनेका छन्, 'नागरिक सर्वोच्चताको पक्षमा भारतको समर्थन हामीलाई रहन्छ भन्नेमा हामी थियौं, किनभने लोकतान्त्रिक आन्दोलनमा भारतको हामीलाई सहयोग थियो । हामीलाई थाहा थियो कटवाललाई हटाउने बिषयमा हाम्रो सरकार र भारतबीच केही भ्रम थियो । म कटवाललाई कारवाही गर्नुअघि स्पष्ट गर्न चाहन्थें र मैले राजदूत राकेश सुदलाई भारतीय बिदेश सचिव वा अरु कोही वरिष्ठ अधिकारीसँग म गम्भीर छलफल गर्न चाहन्छु भन्ने खबर गरिदिन अनुरोध पनि गरें । तर, उनले चुनावका कारण अहिले त्यो सम्भव छैन भने ।'अन्तर्वार्तामा दाहालले एमालेका झलनाथ खनाल, बामदेव गौतम र इश्वर पोखरेलसँग कटवाललाई कारवाही गर्नेबारे सहमति लिएको पनि बताएका छन् । अन्तर्वार्तामा उनले भनेका छन्, 'मैले फोरमका नेतासँग पनि सहमति लिएको थिएं, फोरम अझै अडानमा छ तर, एमालेले अडान फेर्‍यो । '

No comments: