News

May 13, 2009

नयाँ सरकार गठनमा फोरमले निर्णय गर्न सकेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ३० - नयाँ सरकार गठनमा एमाले-कांग्रेस समिकरणलाई समर्थन गर्ने, नगर्नेबारे मधेसी जनअधिकार फोरमले बुधबार पनि निर्णय गर्न सकेन ।संसदीय दलको बैठकमा कसलाई समर्थन गर्ने भन्ने बिषयमा मत बाझिएपछि त्यसबारे निर्णय गर्न फोरमले भोली बिहीबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक वोलाएको छ ।सिंहदरवारस्थित दलको कार्यालयमा बुधबार भएको बैठकमा नेताहरुबीच कसको नेतृत्वमा सरकारमा सहभागि हुने तथा कुन गठबन्धनलाई समर्थन गर्ने भन्नेमा मत बाझिएको थियो ।सत्ता समिकरणमा गणितीय हिसावले महत्वपूर्ण स्थान राख्ने फोरमले निर्णय लिन नसक्दा संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाले समेत धारणा सार्वजनिक गर्न सकेको छैन ।

No comments: