News

May 13, 2009

एमालेले राजनीतिक भेटघाटलाई तिव्रता सरकार गठनका लागि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ३० - आफ्नो नेतृत्वमा सरकार गठनका लागि अग्रसर भएको नेकपा एमालेले राजनीतिक भेटघाटलाई तिव्रता दिएको छ । एमाले नेता माधवकुमार नेपालले बुधबार अपरान्ह प्रधानमन्त्री एंव माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग भेटेका छन् ।पुल्चोकस्थित अर्थमन्त्री डा. बाबुराम भट्टराईको निवासमा भएको भेटवार्तामा नेपालले एमाले नेतृत्वको सरकार गठनमा सघाउन माओवादी नेतृत्वलाई आग्रह गरेको बुझिएको छ । प्रधानसेनापति प्रकरणपछि दुई पार्टीबीच सम्बन्ध चिसिएको छ । अधिकांश दलहरुको समर्थनमा एमालेको नेतृत्वमा सरकार गठनको तयारी भएकोले सघाउन प्रधानमन्त्रीलाई उनले आग्रह गरेका हुन् । भेटपछि एमाले नेता नेपालले संसदको अवरोध अन्त्य गरी राजनीतिक निकास दिन प्रधानमन्त्रीलाई आफूले आग्रह गरेको बताए । सरकार गठनको प्रक्रिया अघि बढी सकेकोले त्यसलाई निष्कर्षमा पुर्‍याउन साथै सरकारमा सहभागी भएर सहयोग गर्न आफूले माओवादी नेतृत्वलाई आग्रह गरेको उनले जानकारी दिए । प्रधानमन्त्रीले राष्ट्रपतिको कदमका सच्याउनु पर्ने कुरा उठाएका थिए । प्रत्युत्तरमा नेता नेपालले त्यो मुद्दा अदालतमा विचाराधीन रहे पनि राजनीतिक छलफल गरेर निकास निकाल्न सकिने धारणा राखेका थिए । मुलुकको अभिभारा पूरा गर्न सहमतिमा अगाडि बढ्न आफूले आग्रह गरेको नेपालले बताए ।

No comments: