News

May 6, 2009

कटवाललाई अवकाश र थमौतीबारे कारण माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति र सरकारको काम, कर्तव्य र अधिकारका बारेमा सर्वोच्च अदालतले व्याख्या गर्ने भएको छ। त्यस्तो व्याख्या गर्नका लागि राष्ट्रपतिको सचिवालय र सरकारका अन्य निकायसँग प्रधानसेनापति रुक्माङ्गद कटवाललाई अवकाश दिनु र थमौती गर्नुको कारण पेस गर्न मंगलबार सर्वोच्च अदालतले ती निकायहरूलाई आदेश दिएको छ। न्यायाधीश बलराम केसीको एकल इजलासले १० दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो। राष्ट्रपति डा. रामवरण यादवले प्रधानसेनापतिलाई पदमा नै रहन दिएको निर्देशन संविधानविपरीत भएको दाबी गरी इन्हुरेड इन्टरनेसनलका श्रीकृष्ण सुवेदीलगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। सर्वोच्च अदालतले रिट निवेदनलाई महत्त्व दिई १० दिनपछि लिखित जवाफ प्राप्त भए पनि वा नभए पनि अग्राधिकार दिई पेस गर्न आदेश दिएको छ। राष्ट्रपति यादवले कटवाललाई पदमा नै रहन दिएको निर्देशनपत्र हाल कार्यान्वयन नगर्न रिट निवेदनमा माग गरिएको भए पनि अदालतले भने त्यसलाई अस्वीकार गरेको छ। अदालतको आदेशमा उल्लेख छ- मुद्दाको विषयवस्तु हेदा कार्यकारिणी तथा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारसम्बन्धी अन्तरिम संविधान, २०६३ को विभिन्न धाराहरूको व्याख्या गर्नुपर्ने विषय देखिएको हुँदा पूण् सुनवाइको बेलामा नै बोल्नुपर्ने देखिएकाले हाल अन्तरिम आदेश जारी गर्नु परेन।राष्ट्रपतिले प्रधानसेनापतिलाई पदमा नै रहन दिएको निर्देशन संविधानसम्मत छ। हैन भने सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी सम्मिलित भएको न्यायाधीशको इजलासले सुनुवाइ गर्ने भएको छ। अदालतले हिजो मंगलबार दिएको आदेश हेदा राष्ट्रपति र सरकारको काम, कर्तव्य र अधिकारका बारेमा २० दिनभित्र छिनोफानो हुन सक्ने सर्वोच्च अदालतका एक अधिकृतले बताए।

No comments: