News

May 3, 2009

एमालेले सरकारबाट फिर्ता हुने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधान सेनापति हटाएको विरोधमा प्रमुख सत्ता साझेदार नेकपा एमालेले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ। महासचिव ईश्वर पोखरेलले लिम्वूवानलाई यो जानकारी दिएका हुन। यसैगरी यतिबेला भावी योजना तय गर्न एमाले मुख्यालय बल्खुमा १७ दल समावेश भएको सर्वदलीय बैठक बसिरहेको छ। उता, प्रधानसेनापति कटवाललाई अवकास दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नु पहिले राष्ट्रिय सहमति जुटाउन राष्ट्रपति रामवरण यादलवले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। राष्ट्रपति यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आइतबार अपरान्ह एक पत्र लेख्दै यसअगाडि आफू र प्रधानमन्त्रीबीच भएको सहमति र कुराकानीमा ध्यान नदिइएको तर्फ असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रिय सहमतिबाटै निर्णय गर्ने र त्यसअगाडि आफूलाई जानकारी दिने भन्दै प्रधानमन्त्रीले दिलाएको विश्वासमा घात भएको तर्फ राष्ट्रपतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो। यसैबीच मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेका रुक्मांगत कटवालले अवकाशको चिठी बुझेका छन्। उनले यसअघि चिठी बुझ्न अस्वीकार गरेका थिए। यसैबीच कामु प्रधानसेनापति मुकरर गरिएका कुलबहादुर खडकाले उपत्यकामा रहेका रथीहरुसित छलफल गरिरहेका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार कामु रक्षा सचिव गणेशराज जोशी र सहसचिव श्रीधर पोखरेलले जंगी अड्डास्थित सैनिक सचिवालयको कार्यालयमा चिठी बुझाउन जाँदा कटवालले बुझ्न अस्वीकार गरेका थिए। कटवालले कानून व्यवसायीसँग परामर्शपछि चिठी बुझे।उता सेनापतिको बर्खास्तलाई लिएर विभिन्न स्थानमा विरोध र समर्थनमा जुलुस निस्कन थालेका छन्। माओवादीहरु सरकारी निर्णयको समर्थन र कांग्रेसलगायतका दलका भातृसंगठन भने विरोधमा उत्रेका थालेका छन्। सरकारी निर्णयको विरोधमा नेविसंघले निकालेको जुलुशलाई माओवादीले त्रिचन्द्रबाट लखेटेका छन्।यसअघि भएको मन्त्रिपरिषद बैठक सत्ता साझेदार एमालेले बहिष्कार गरेको थियो भने फोरमले निर्णय प्रक्रियामा असहमति जनाएको थियो। बैठक सकिएपछि प्रधानमन्त्रीले कटवाल र खड्कासँग केहीबेर कुरा गरेका थिए। त्यसपछि खड्का पहिले र कटवाल केहीबेरपछि त्यहाँबाट बाहिरिएका थिए। मन्त्री परिषद्को निर्णयबारे राष्ट्रपतिलाई जानकारी दिइसकिएको तत्कालै एक मन्त्रीले बताएका थिए।मन्त्री परिषद्अघि बसेको पाँच दलको बैठकमा सहमति नभएपछि माओवादीले एकल निर्णय गरी प्रधान सेनापति हटाएको हो। यो बैठकमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकले प्रधान सेनापति हटाउने जानकारी दलका नेताहरुलाई गराएका थिए। मन्त्रिपरिषद्को बैठकले सैनिक ऐन २०६३ को धारा ११ को उपदफा ३ अनुसार प्रधानसेनापतिलाई बर्खास्त गरेको जनाएको छ।

No comments: