News

Sep 6, 2009

२७ गते विजयपुर धरानमा लिम्बुवानको विशाल जनसभा हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
आदिवासी जनजाति, मुस्लिम, दलित संयुक्त संघर्ष समितिको आह्वानमा भएको भदौ १८ को नेपालमा बन्द लिम्बुवानमा पूर्ण सफल भएलगतै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको संयुक्त केन्द्रीय बैठकले भदौ २७ गते लिम्बुवानको विजयपुर धरानमा विशाल जनसभा गर्ने निर्णय गरी व्यापक तयारी गरिरहेको छ ।संविधान सभामा संविधाननै नबन्ने खेल भइरहेको बेला संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत् जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको विशिष्ट लिम्बुवान स्वायत्त गणराज्यको माग, सुनिश्चितता र विकासका लागि जनसमर्थन एवम् जनऐक्यवद्धता दर्शाउन सो जनसभाको आयोजना गरिएको जनाइएको छ । नयाँ संविधान बनिनरहेको बेला सबै जाति, क्षेत्र, वर्ग, लिङ्ग र समुदायका मागलार्इ आत्मसात् गरेर जनताले चाहेको जस्तो संविधान निर्माण गर्नमा तत्परता देखाउनको सट्टा आ-आफ्ना जायज र समयसापेक्ष मागहरुलार्इ अघि सारेर निरन्तर शान्तिपूर्ण सशक्त आन्दोलनमा रहेको विभिन्न संगठनलार्इ पनि आतङ्कारीको बिल्ला भिराएर निस्तेज पार्न खोजिएकोप्रति घोर आपत्ति जनाउँदै सो को विरुद्धमा पनि उक्त जनसभा गर्न लागिएको बुझिएको छ । सो जनसभामा लिम्बुवानका ९ वटै जिल्लाबाट व्यापक जनसहभागिता हुने गरी तयारी भइरहेको छ । स्मरणीयरहोस्, भदौ १८ को नेपाल बन्द लिम्बुवानमा सधैभन्दा अझ सशक्त र पूर्ण सफल रह्यो । लिम्बुवानवासी जनताले स्वतःस्फूर्त रुपमा बन्दमा सहभागीता जनाएका थिए ।

No comments: