लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बुटवल, भदौ २० राष्ट्रिय जनशक्ति पार्टीका केन्द्रीय सदस्य प्रदीप उदय एकिकृत माओवादीमा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा एकिकृत माओवादीका महासचिव रामबहादुर थापाले उदय सहित विभिन्न दल त्यागेर माओवादी प्रवेश गर्ने ६० जनालाई अविर र माला लगाएर पार्टीमा स्वागत गरे।उदयसँगै एकिकृत माओवादी प्रवेश गर्नेमा शाहीकालिन वडाध्यक्ष अशोक श्रेष्ठ सहित पञ्चायती पृष्ठभूमिका धेरै छन्। त्यसैगरी एमाले कार्यकर्ता सावित्रा अर्याल र कांग्रेसका भीमलाल भट्टराई पनि एकिकृत माओवादीमा प्रवेश गरेका छन्। उदय फिल्म निर्माता तथा बुटबलका सिनेमा हल संचालक र स्टार एफएमका संचालक पनि हुन्।सो अवसरमा बोल्दै एकिकृत माओवादीका महासचिव रामबहादुर थापाले अन्य राजनैतिक दलको नेतृत्व तहमा विचलन आएकोले अहिले माओवादीमा प्रवेश गर्नेको लहर चलेको बताए।उनले शान्तिपूर्ण जनआन्दोलन मार्फत नागरिक सर्वोच्चता कायम गर्दै माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बनाई छाड्ने दावी गरे। ‘जनता माओवादीमा गोलवन्द हुदैंछन्, जनताको दवावपूर्ण आन्दोलनले माओवादी नेतृत्वको सरकार स्थापना गरी छाड्छ'-उनले भने।

No comments:
Post a Comment