News

Sep 8, 2009

सहमतिका आधारमा राष्ट्रिय सरकार निर्माण अनिवार्य - उपेन्द्र यादव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेसी जनअधिकार फोरम अध्यक्ष उपेन्द्र यादवले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र नयाँ संविधान निर्माण गर्न सहमतिका आधारमा राष्ट्रिय सरकार निर्माण अनिवार्य रहेको बताएका छन् । उनले सरकार ढल्ने उल्टो गन्ती सुरु भएको दाबीसमेत गरे । 'वर्तमान सरकारमा सरकार चलाउने नभई गिराउने खेलका विशेषज्ञ छन्, यो अब आफँ ढल्छ,' उनको भनाइ थियो ।काठमाडौंमा सोमबार आयोजित एक साक्षत्कारमा फोरम अध्यक्ष यादवले भने, 'देशका विद्यमान समस्या हल गर्न जतिसक्दो चाँडो राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ ।'उनले यो सरकारलाई खान बूढोबाघ कराइराखेको उल्लेख गर्दै बाघले सिकार गरेरै छाड्ने दाबीसमेत गरे । 'बूढोबाघ कराउनु नयाँ विकल्पको संकेत हो, बूढोबाघले सिकार गरेरै छाड्छ', उनले भने । अहिलेको सरकार सरकार जस्तो पनि नभएको उनको भनाइ थियो । 'बजेट पास गराउन नसक्ने, संसद् खुलाउन सहमति जुटाउन नसक्ने यो सरकार कसरी सरकार हुन सक्छ ?' उनले प्रश्न गरे ।

No comments: