लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/दिल किरण खजुम,
कतारकिरात याक्थुङ चुम्लुङ कतारले एक कार्यक्रमको आयोजना गरी प्रथम लिम्वु महिला सगरमाथा आरोहि सुश्री जुनिता सम्वाहाङफेलाई किरात याक्थुङ चुम्लुङ नेपालको कार्यालय ललितपुर (चुम्लुङ हिम) मा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।उक्त कार्यक्रमको सभापति किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष श्री ललित मावोहाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी किरात याक्थुङ चुम्लुङ नेपालका केन्द्रिय अध्यक्ष अर्जुन नुगो लिम्वु रहनु भएको थियो। विशेष अतिथी किरात याक्थुङ चुम्लुङ नेपालका केन्द्रिय सचिव लिला कुमारी सिङगक, किरात याक्थुङ चुम्लुङ कतारका संस्थापक अध्यक्ष के. वि. चेम्जोङ र सेमीफक्ताङलुङका प्रकाशक सहयोगी लैन वहादुर चेम्जोङ हुनु हुन्थ्यो। सो अवसरमा प्रमुख अतिथी अर्जुन नुगो लिम्वुले आरोहिण सम्वाहाङफेलाई किरात याक्थुङ चुम्लुङ कतारको संरक्षकत्वमा गठित लिम्वु साँस्कृतिक परिषद कतारद्धारा प्रदान गरिएको सम्मान पत्र प्रदान गरेर सम्मान व्यक्त गर्नु भएको थियो। भने किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष श्री ललित मावोहाङले कियाचु कतारद्धारा सम्मान पत्र प्रदान गरी सम्मान व्यक्त गर्नु भयो। सो अवसरमा प्रमुख अतिथी अर्जुन नुगोले प्रवासका विभिन्न मुलुकमा छरिएर रहेका लिम्बुहरुले आफ्नो भाषा, लिपी, धर्म र संस्कृतीको संरक्षण गर्न निरन्तररुपमा लागि पर्नु पर्ने धारणा व्यक्त गर्दै त्यसको ज्वलन्त उदाहरण कतार रहेको प्रष्ट पार्नु भयो। मुलुक अहिले संघियतामा प्रवेश गरी सकेकोले सन्दर्भमा लिम्वुवान स्वयत्तता प्रदेश प्राप्तिको लागि स्वदेश वा विदेशमा रहेका सवै लिम्वु संघ संस्थाहरु एक हुनुको विकल्प नरहेको र अव वन्ने संविधानमा सवै जाती, भाषा, धर्म, लिङ्ग र समुदायको अधिकार सुनिश्चित गर्नु पर्ने कुरामा अध्यक्ष नुगोले जोड दिनु भयो। किरात याक्थुङ चुम्लुङ कतारका संस्थापक अध्यक्ष श्री के. वि. चेम्जोङले आफुले कतारमा स्थापना गरेर आएको संस्थाले लिम्वु समाजको लागि हरेक समयमा रचनात्मक कार्यक्रमहरु ल्याएकोमा खुशि व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु निरन्तरता दिन सुझाव दिनु भयो।
सेमीफक्ताङलुङका प्रकाशक सहयोगी लैन वहादुर चेम्जोङले कतारको मरुभुमीमा रहेका लिम्वुहरुले स्थापना गरेको संस्था कियाचु कतारले आफ्नो स्थापना काल देखि नै आफ्नै लगानीमा सेमीफक्ताङलुङ निन्तररुपमा प्रकाशन गरेकोमा संस्थाको उच्च मुल्याङकन गर्दै प्रगतीको कामना समेत व्यक्त गर्नु भयो। सो अवसरमा सम्मानित व्यक्ति सुश्री सम्वाहाङफेले कियाचु कतारले आफ्नो सगरमाथा आरोहणमा गरेको आर्थिक तथा नैतिक सहयोगको सह्राना गर्दै खुलेर संस्थाको प्रशंसा समेत गर्नु भयो।स्मरण रहोस किरात याक्थुङ चुम्लुङ कतारले सुश्री सम्वाहाङफेको आरोहण सफल्ताको लागि ने. रु. ५६,०५५/– आर्थिक सहयोग गरेको थियो। र कार्यक्रमको अन्त्यमा किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष ललित मावोहाङले लिम्वुवान स्वयत्तता प्रदेश प्राप्तिको लागि विश्वको जुन सुकै ठाउँमा रहेर पनि संस्थागतरुपमा एक हुनु पर्ने कुरामा जोड दिदंै प्रवासमा रहेका लिम्वु संघ संस्थाहरुले लिम्वु समाजको लागि केहि नमुना काम गरेर समाजलाई अगाडी वढाउँनु पर्ने कुरा वताउँनु भयो। त्यसको लागि कियाचु कतार सदैव तयार रहेको कुरा समेत वताउँनु भयो ।

No comments:
Post a Comment