लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
2009/09/06 , नेकपा एमाले हङकङ कमिटिको तेस्रो अधिवेशन याउमातेइस्थित कम्युनिटी हलमा आज दिउँसो शुरु भएको थियो । हङकङ कमिटिका उपसचिव भक्तबहादुर गुरुङबाट सञ्चालित उक्त कार्यक्रमको खुल्ला सत्रको अध्यक्षता कमिटिका सचिव ओम सम्वाहाम्फेले गरेका थिए । प्रमुख अतिथि नेकपा एमालेको अध्यक्ष झलनाथ खनाल, विशेष अतिथिमा श्रीमती खनाल, नेकपा एमालेको केन्द्रीय सदस्य तुलबहादुर गुरुङ, कावा. महावाणिज्यदूत सुशीलकुमार लम्सालका साथमा नेपाली जनसम्पर्क समिति हङकङका अध्यक्ष ईश्वर खाँड, जनअधिकार सरोकार समाजका उपाध्यक्ष कृष्णबहादुर लिँखा, नेकपा मालेका सचिव चन्द्र मादेन, नेकपा एकीकृत हङकङका अध्यक्ष यामकुमार बुढाथोकी आदिहरु अतिथि रहेका सो कार्यक्रमलाई कमिटिका सदस्य वसन्ती कुमारी राईले स्वागत मन्तव्य राखेकिथिईन् ।अन्य वक्ताहरुमा चन्द्र मादेन, यामबहादुर बुढाथोकी, भूपेन्द्र चेम्जोङ (जनजाति महासँघ), गेसोको केन्द्रीय सदस्य मणि किराँत वान्तवा, तुलबहादुर गुरुङपछि एमाले अध्यक्ष खनालले नेपाली वर्तमान हालातमा नेकपा एमालेको अडान, विचार तथा मान्यताहरुको बारेमा विस्तृतमा आफ्नो मन्तव्यमा बोलेका थिए, कार्यक्रमको अध्यक्षता गरेको ओम सम्वाहाम्फेले छोटो मन्तव्यपछि सभालाई विसर्जन गरेपछि उक्त खुल्ला सत्र समाप्त भएको थियो । फियोनाका कलाकारहरुबाट दुई नृत्यको प्रदर्शन गराइएको सो खुल्ला सत्रमा जनजातिका तर्फबाट भूपेन्द्र चेम्जोङले जनजातिकै महावाणिज्यदूतको माग राख्दै ज्ञापनपत्र एमाले अध्यक्ष खनालको हातमा हस्तान्तरण गरेका थिए ।बन्द सत्रमा यो सालबाट अध्यक्षको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरिएको छ । ओम सम्वाहाम्फेको अध्यक्षतामा खडा पारिएको उक्त कार्य समितिमा उपाध्यक्ष भक्तबहादुर गुरुङ, सचिव सत्य घले, सहसचिव वसन्तीकुमारी राई र सदस्यहरुमा मणि किरात वान्तवा, कर्णबहादुर गुरुङ, नारायण भण्डारी, रीतबहादुर गुरुङ, गंगा खतिवडा, वसन्त राई, डिल्लीराम विक, सुरेश गुरुङ, गणेश गुरुङ, ईन्द्र वनेम (तीनजना सदस्यहरु पछि पूर्ति गरिने) गरी १७ सदस्यीय कार्य समितिको नौ सदस्यीय सल्लाहकार समिति पनि सोही बन्द सत्रमा चयन गरिएको छ, जसमा हेजेन राई, किसन राई, लालबहादुर गुरुङ, गणेश इजम, जगत थापा, चीन प्रसाद गुरुङ, मोहन राना, भीम गुरुङ, र इमलाल श्रेष्ठ छन् ।
No comments:
Post a Comment