News

Sep 7, 2009

प्रधानमन्त्रीसँग भेट्न अस्विकार गरे गिरिजाप्रसाद कोइरालाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २२ - अस्वस्थताको कारण देखाउदै कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सोमबार विहान आफ्नै निवास पुगेका प्रधानमन्त्रीसँग भेट्न अस्विकार गरेका छन् । प्रधानमन्त्री माधवकुमार नेपालले कोइरालालाई भेट्न उनको निवास महाराजगंजमा १० मिनेट प्रतिक्षा गरेपनि त्यो सम्भव नभएको श्रोतले बताएको छ । प्रधानमन्त्री कोइराला निवासको भुइतलामा १० मिनेट विताएर फर्केका थिए । कोइरालाका सहयोगीहरुले उनी अस्वथ्य भएकाले भेटघाट असम्भव रहेको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफलको लागि प्रधानमन्त्री कोइराला निवास पुगेको उनी निकट श्रोतले बतायो । छोरी सुजातालाई उपप्रधानमन्त्री नवनाएको, भारत भ्रमणबाट आएपछि आफूलाई बि्रफिङ नगरेको, राजदूत नियुक्तिमा आफूले चयन गरेको व्यक्तिलाई नपारेको लगायतका बिषयमा कोइरालाले प्रधानमन्त्रीप्रति असन्तुष्टि पोख्दै आएका छन् । कोइराला निवासवाट प्रधानमन्त्री रित्तो हात फर्किपनि आज कुनै पनि बेला पुनः दुई नेताहरुबीच भेटघाट हुनसक्ने कोइराला निकट श्रोतले बताएको छ । तर प्रधानमन्त्रीका पे्रस सल्लाहकार विष्णु रिजालले प्रधानमन्त्री र कोइरालाबीच भेट भएको बताएका छन् । प्रधानमन्त्रीले कोइरालाको स्वास्थ्य स्थितिकोबारेमा जानकारी लिएको प्रेस सल्लाहकार रिजालले बताए ।

No comments: