News

Sep 6, 2009

संघीयतमा स्वायत्त लिम्बुवान विषयक अन्तर्क्रिय सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं / डीबी आङ्बुङ
भदौ २०,नेपालमा नयाँ संविधान बन्नेक्रम चलिरहेको बेला सबै लिम्बू विद्यार्थीहरुको साझा संगठन लिम्बू विद्यार्थी मञ्चले भदौ २० गते काठमाडौमा 'संघीयतमा स्वायत्त लिम्बुवान' विषयक अन्तर्क्रिय कार्यक्रम सम्पन्न गर्‍यो । सो अन्तक्रियामा डा. महेन्द्र लावतीद्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो ।मञ्चका केन्द्रीय अध्यक्ष टंक फोम्बोद्वारा सहजीकरण गरिएको सो कार्यक्रममा चुम्लुङका अध्यक्ष अर्जुन लिम्बू, एकीकृत ने. क. पा. माओवादीका सभासद् हरिराज खेवा, माओवादीकै कुमार फुदोङ, आदिवासी बुद्धिजिवी डा. युवराज लिम्बू, डा. डम्बर आङ्देम्बेलगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो । कार्यपत्र प्रस्तुतीको क्रममा डा. लावतीले नेपालमा संघीयताको आवश्यकता र महत्व, विश्वको परिप्रेक्ष्यमा संघीयता, विश्व र दक्षिण एसियाको राजनीतिक गतिविधि र जातीय संघीयता तथा आदिवासी जनजातिको मुक्तिको सवालमा विस्तृत व्याख्या-विश्लेषरण गरी आफ्नो राय-सुझावसमेत दिनु भएको थियो । यसैक्रममा, लावतीले नेपालका बाहुनवादी शासकहरुले त्यति सजिलै आदिवासीले चाहेजस्तो जातीय स्वायत्तता नदिने र सोको लागि अझ सशक्त आन्दोलनको आवश्यकताको खाँचो औल्याउनु भयो । साथै, सम्पूर्ण सामाजिक संघ संस्थाहरुसमेत एक भएर आदिवासी राजनीति दलसँग समन्वय र सहकार्य गरेर आन्दोलनमा लाग्नुपर्ने सुझाव दिनुभयो । वहाँले भन्नु भयो- 'सके आफै आन्दोलन गर्नुस् नसके आन्दोलन गर्नेलार्इ सहयोग गर्नुस् किनभने अब आन्दोलनको कुनै विकल्प देखिँदैन ।' सबै लिम्बूजन्य संघ संगठन, राजनीतिक पार्टीलगायत गैर आदिवासी जनजाति क्षेत्री-बाहुनहरुको समेत उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रम सबै संघसंगठन, राजनीतिक दल रा जातजातिबीचमा पनि स्वस्थ्य सामुहिक बहस गरी सोमार्फत् सही निकासमा पुग्न सहयोग होस् भन्ने उद्देश्यले पनि सो अन्तर्क्रिया कार्यक्रम गरिएको जानकरी अध्यक्ष फोम्बोले दिनुभयो ।

No comments: