लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, भदौ २१ - रणवीर सेना नामक भूमिगत संगठनका कमान्डरसहित तीनजनालाई प्रहरीले आइतबार विराटनगर-४ कुखुरा फार्मबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सेनाका सैन्य कमान्डर बताइएका विनोद पाण्डे, नवीन पाण्डे र सोनु लिम्बू छन् । अपराह्न करिब ५ बजेतिर उनीहरुलाई पक्राउ गरिएको हो । स्थानीय नवराज पोखरेलको घरमा डेरा गरी बसेका उनीहरुको साथमा रहेको चार बोरा सकेटबम, कम्प्युटर, पि्रन्टर, मोटरसाइकल, चारवटा मोबाइल, एउटा पेस्तोल समेत प्रहरीले बरामद गरेको छ । यसैगरी दुईवटा 'पेट्रोल बम' र बारुद र बम बनाउने अन्य सामग्री समेत बरामद भएको जनाइएको छ । पक्राउ गर्ने क्रममा माइला भनिने एकजना भने भागेको स्थानीय प्रत्यक्षदर्शीले बताए । नवीन पाण्डे भने स्थानीय लोकमान प्रधानको घरमा डेरा गरी बस्दै आएका थिए । बसेको घरको कोठामा धेरैजना सुत्ने ओछ्यानहरु भेटिएकाले संगठनको सेल्टरका रुपमा प्रयोग गरेको अनुमान स्रोतले गरेको छ । यसअघि उनीहरुले विश्व हिन्दु जागरण अभियान भन्ने संस्थामा काम गर्नेका रुपमा आफूहरुलाई चिनाउने गरेको स्रोतले जनाएको छ । उनीहरु उक्त घरमा तीन वर्षदेखि डेरा गरी बस्दै आएको स्थानीयले बताएका छन् । पक्राउमध्ये विनोद पाण्डे र लिम्बू टंकिसिनवारीस्थित सूर्य नेपाल गार्मेन्टमा काम गर्ने गरेेका थिए भने नवीन विनोदका सहयोगीका रुपमा काम गर्ने गरेको स्रोतले जनाएको छ । प्रहरी नायव उपरीक्षक विद्यानन्द माझीले उक्त संगठनका केन्द्रीय स्तरका नेताहरु पक्राउ परेको पुष्टि गर्दै विस्तृत जानकारी सोमबार गराइने बताए । सेनाको नाममा शनिबार राति मोरङ प्रशासन कार्यालयअघि तथा कोसी मार्गको बरगाछी चोकनजिक बम राखिएको थियो । प्रशासन कार्यालयअघि बम विस्फोट भए पनि क्षति नभएको प्रहरीले जनाएको छ । बरगाछीको बम भने निस्त्रिmय बनाइएको थियो । माओवादीले आइतबार गरेको जनसभालाई प्रभाव पार्न विस्फोट गराइएको प्रहरीले आशंका गरेको छ । सेनाले सभा बिथोल्ने जनाउँदै आएको थियो ।
No comments:
Post a Comment