लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बागलुङ,भदौ २२- संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरुमध्ये संघीयताको विरोध गर्ने एक मात्र दल राष्ट्रिय जनमोर्चाले बाग्लुङमा संघीयताको विरोधमा आयोजना गरेको विरोध प्रदर्शनको अग्रपंक्तिमा बालबालिका थिए। कक्षा ४ मा अध्ययनरत खोमे भुजेल शनिबार साँझ घरमा गृहकार्य गरेर बसिरहेका थिए। 'एक जना युवक आएर एकछिन कार्यक्रममा हिंड भने। पढ्न छाडेर निक्लिएँ,-भुजेलले भने। घर बाहिर आएपछि थाहा पाएँ, राँको समातेर नारा लगाउने कार्यक्रम रहेछ। 'कार्यक्रममा आउन त मन थिएन। एक छिनपछि फर्कौला भने पछि आएको हुँ, राष्ट्रिय जनमोर्चा बाग्लुङले शनिवार साँझ संघीयता र महङ्गीको विरोधमा आयोजना गरेको विरोध प्रर्दशनमा राँको समातेर नाराबाजी गर्दै हिंडेका भुजेलले भने। उनी रुद्रेपिपल निमाविका विद्यार्थी हुन्।राजमोले आयोजना गरेको प्रदर्शनमा भुजेल जस्तै करिब डेढ दर्जन कलिला स्कुले बालबालिका प्रयोग गरिएको थियो। विभिन्न विद्यार्थी संगठनले स्कुले लबालबालिकाहरुलाई बन्द हडतालमा प्रयोग गर्दै आइरहेका थिए। पछिल्लो समयमा राजनैतिक दलले समेत बालबालिकालाई प्रर्दशनमा उतार्न थालेका छन्।सो राँके जुलुसमा सहभागी यु.एस.एकेडेमीको कक्षा ६मा अध्ययनरत १२ वर्षीय अनिस भण्डारी पनि प्रर्दशनमा राँको समातेर नाराबाजी गरिरहेका थिए। तर, भण्डारीलाई किन नाराबाजी गरेको हो भन्ने जानकारी नभएको बताए। कार्यक्रममा सहभागी हुन अनुरोध गरे पछि आएको हुँ, भण्डारीले भने, कार्यक्रमको बारेमा थाहा छैन।प्रदर्शनमा नै भेटिएकी अमर आदर्श मावि कक्षा ५मा अध्ययनरत १० वर्षकी लीला थापालाई पनि बालबालिकाहरु राँको बालेर हिंडेको चित्त नबुझेको बताइन्। राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले नेतृत्व गरेको सो कार्यक्रममा बालबालिकाहरुलाई साँझको समयमा प्रर्दशन सहभागी गराए पछि अधिकारकर्मीले चिन्ता प्रकट गरेका छन्।जिल्ला बाल कल्याण समितिकी कार्यक्रम अधिकृत सर्मिला श्रेष्ठले दलहरुले बालबालिकाहरुलाई राजनैतिक क्रियाकलापमा प्रयोग गर्न नहुने बताइन्। ' बालबालिका शान्ति क्षेत्र हुन् भनेर घोषणा पत्रमा समेत सही गरिसकेका छन्, दलहरुको प्रतिवद्धता व्यवहारमा कार्यान्वयनमा नल्याउनु दुःखद पक्ष हो।'बालबालिकाहरुलाई प्रदर्शनमा प्रयोग गरेको घटनाको राजमोका नेताले भने बचाउ गरे। राजमोका जिल्ला अध्यक्ष अमर थापाले बालबालिका रमाइलोको लागि प्रदर्शनमा आएको बताए।' हाम्रो बालबालिका प्रयोग गर्ने कुनै उद्धेश्य छैन।' हाम्रै कार्यकर्ताका छोराछोरी आएका हुन्, उनले भने। यसअगाडि नेकपा एमालेको जिल्ला अधिवेशनमा पनि स्कुले बालबालिका प्रयोग गरिएको थियो।
No comments:
Post a Comment