News

Sep 5, 2009

भारतीयले टहरा हटाए दसगजा क्षेत्रबाट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भद्रपुर, झापा जिल्लाको दक्षिणी भेगका सीमावर्ती गाविस कोहोबारी-२ स्थित दसगजाक्षेत्रमा एक साताअघि भारतीय पक्षद्वारा बसोबासका लागि बनाएका टहरा शुक्रबारदेखि पूर्ण रुपले हटाइएको छ। स्थानीय प्रशासन र भारत विहार राज्यको किसनगन्ज जिल्ला प्रशासनबीच भएको सहमतिअनुरुप विगत चार दिनदेखि टहरा हटाउने कार्य शुरु भएको र आजसम्ममा पूर्ण रुपले हटिसकेको सीमा सुरक्षा बल चन्द्रगढीका प्रहरी नायब उपरीक्षक अशोक शाक्यले जानकारी गराउनुभयो।‘भारत विहारको सीमावर्ती ग्रामपञ्चायतमा कन्काई नदीमा आएको बाढीबाट त्यहाँका बासिन्दा विस्थापित भएर दसगजाक्षेत्रमा ५४ वटा टहरा निर्माण गरेर बसेका थिए’ -प्रहरी नायब उपरीक्षक शाक्यले भन्नुभयो।प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहाल, प्रहरी उपरीक्षक विजयकुमार भट्ट र सीमा सुरक्षा बलका प्रहरी उपरीक्षक अशोक शाक्यले बिहार राज्यको किसनगन्ज जिल्लाका समकक्षी पदाधिकारीसँग सम्पर्क गरी उनीहरूलाई उक्त क्षेत्रबाट टहरा हटाई फिर्ता गराएका हुन्।

No comments: