News

Sep 5, 2009

जनमत कुल्चिए विद्रोह गर्ने चेतावनी प्रचण्डको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रसंघको चार्टरमै जनताको विद्रोह गर्ने अधिकार सुनिश्चित रहेको बताउँदै जनमत कुल्चिए विद्रोह गर्ने चेतावनी दोहोर्‍याएका छन् ।'राष्ट्रसंघको चार्टरमै विद्रोहको अधिकार सुरक्षित छ,' प्रचण्डले भने, 'लोकतन्त्रको नाटक गर्दै जनमत कुल्चने, सहमतिबाट बनेको संविधानलाई कागजको खोस्टो बनाउने र पराजितले नै निरन्तर हालीमुहाली गर्न खोजे विद्रोहको अधिकार प्रयोग हुन्छ ।'परराष्ट्र मामलाविद् हीराबहादुर थापाद्वारा लिखित 'सेलेक्सन एस्से अन फोरिजन रिलेसन' र ह्यान्स हुसुमको पुस्तकको नेपाली अनुवाद 'जीवनको रक्षा अंगको सुरक्षा' नामक पुस्तक शनिबार संयुक्त विमोचन गर्दै प्रचण्डले अहिले देश घाइते भएको र उपचार खोजिरहेको बताए ।'राष्ट्रपति कार्यालयमा बिछ्याइएको ल्यान्डमाइन विस्फोट हुँदा पूरै देश घाइते छ,' राष्ट्रपति डा. रामवरण यादवले सेनापति प्रकरणमा चालेको कदमलाई 'विद्युतीय धराप विस्फोट' को संज्ञा दिँदै उनले भने, 'राष्ट्रको अस्तित्व र स्वाभिमानमै आँच आउने गरी मुलुक घाइते भएको छ ।'राष्ट्रपति कार्यालयबाट कसैले बिछ्याएको ल्यान्डमाइन विस्फोट भयो,' प्रचण्डले भने, 'शान्तिप्रक्रिया र संविधानसभा धरापमा पर्‍यो, घाइते देशले अहिले उपचार खोजिरहेको छ ।'राष्ट्रपतिको कदमलगत्तै सरकारको नेतृत्वबाट प्रचण्डले राजीनामा दिएका थिए । राष्ट्रपति कदमबारे माओवादीले संविधानसभामा बहस माग गर्दै आएको छ । प्रचण्डले राष्ट्रपति निवासबाट भएको विस्फोटले अन्तरिम संविधान धुजाधुजा पारेको दाबी गरे । उनले फेरि द्वन्द्व भए दसौं लाख मानिस प्रभावित हुने बताए । 'धराप पड्काउने षड्यन्त्रकारीको पहिचान गरी उनीहरूलाई सजाय गर्न सकिन्छ वा सकिँदैन, अहिलको मूल प्रश्न हो यो,' प्रचण्डले भने, 'यसका लागि हामी अगाडि बढ्नै पर्छ ।'

No comments: