News

Aug 1, 2012

अफ्रिकामा अलपत्र परेका नेपालीको उद्धारको प्रयास सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अफ्रिकी मुलुक मडागास्करमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले प्रयास सुरु गरेको छ । वैदेशिक रोजगारीका लागि अमेरिका तथा यूरोपका विभिन्न देशमा लैजाने भन्दै अफ्रिकी मुलुक मडागास्कर पुर्‍याइएका २१ जना नेपालीहरूको एक हप्ताभित्रै उद्धार हुने बताइएको छ । उद्धारका लागि परराष्ट्र मन्त्रालयले दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावासलाई परिचालन गरिएको र सूचना सङ्कलनको काम भइरहेको बताएको छ । मन्त्रालयले आवश्यक हवाई टिकटको व्यवस्था गर्ने र सहजरूपमा नेपाल भित्र्याउनका लागि आवश्यक सबै प्रक्रिया मिलाउनुपर्ने भएकाले उद्धारमा केही समय ढिला भएको बताइएको छ । विगत पाँच महिनादेखि अलपत्र अवस्थामा रहेका उनीहरुलाई आकर्षक तलबको लोभ देखाएर भारत हुँदै मडागास्कर पुर्‍याइएको थियो । मन्त्रालयमा २१ जनाको नाम आए पनि अलपत्र पर्ने नेपालीको सङ्ख्या ५० भन्दा माथि रहेको हुन सक्ने बताइएको छ ।

No comments: