News

Aug 1, 2012

महाधिवेशन आयोजक समिति १ सय ७५ सदस्यीय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
श्रावण १७ - माओवादीको राष्ट्रिय महाधिवेशन आयोजक समिति १ सय ७५ सदस्यीय बनाउने टुंगो भएको छ । महाधिवेशन आयोजक समितिको बुधबार बसेको बैठकले ७१ सदस्य थप गरी महाधिवेशन आयोजक समिति १ सय ७५ सदस्यीय बनाउने टुंगो लगाएको पोलिट्ब्युरो सदस्य भीमप्रसाद गौतमले जानकारी दिए । बैठकमा थप गर्ने सदस्यको नाम प्रस्ताव गरिएको छ । 'सवै पक्षलाई नसमेटिएकाले आज टुंगो लगाउन सकिएन,' गौतमले भने, 'आजको सुझावका आधारमा प्रस्तावित नाममा हेरफेर गरी पुनः प्रस्ताव गर्ने जिम्मा हेर्डक्वार्टरलाई दिएका छौं, भोलि फेरि सदस्यको नाममा बहस हुँदैन ।' मोहन वैद्य समूह अलग भएपछि एमाओवादीको केन्द्रीय समिति हाल १ सय ४ सदस्यीय छ । राजधानीमा साउन पहिलो साता भएको माओवादी विस्तारित बैठकले केन्द्रीय समिति भंग गरी समावेशी आधारमा केही सदस्य थप गरी महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको थियो । महाधिवेशन आयोजक समितिमा समावेशी आधारमा थप सदस्यको नाम प्रस्ताव गरिएको छ । प्रस्तावित सदस्यहरुमध्ये केही सल्लाहकार सदस्य पनि छन् । माओवादीले महाधिवेशन आयोजक समितिमा यसपटक महिलाको प्रतिनिधित्व बढी हुँदैछ । अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको महाधिवेशन आयोजक समितिको कार्यविभाजन पनि बिहीबार नै हुने गौतमले जानकारी दिए ।

No comments: