News

Aug 26, 2012

रुकुममा फेरि ५ रेक्टर स्केलको भूकम्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
रुकुम, भाद्र ९ - जिल्लामा शनिबार बिहान पनि भूकम्प को धक्का महसुस गरिएको छ । बिहीबार रातिमात्रै ४ रेक्टर स्केलको भूकम्प को धक्का महसुस गरिएको रुकुममा शनिबार बिहान ९ बजेर ४० मिनेट जाँदा ५.२ रेक्टर स्केल र बिहान ६ बजेर २ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प को धक्का महसुस गरिएको हो । रुकुमको महत गाविस र रोल्पाको थवाङ गाविसको सीमा क्षेत्रमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रलाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । उनले भूकम्प ले गरेको क्षतिको विवरण भने आई नसकेको जानकारी दिए । लगातार भूकम्प आउन थालेपछि स्थानीयहरू त्रसित बनेका छन् । शनिबार बिहान सदरमुकाम आसपासका क्षेत्रमा भूकम्प भएपछि भागाभाग भएको थियो भने थप भूकम्प आउने शंकाले स्थानीयहरूलाई घरभित्र पस्न डराउन थालेका छन् । भागाभाग भएपछि लडेर कम्तीमा तीन दर्जन स्थानीयहरू सामान्य घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जनाए । उनले स्थानीयहरूलाई भूकम्प जानसक्ने भन्दै विभिन्न प्रहरी कार्यालयमार्फत माइकिङ गरी सतर्क रहन अनु्रोध गरिएको जनाए । उनले भूकम्प ले गरेको क्षतिबारे तथ्याङ्क संकलनको काम सुरु भइसकेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले महत गाविस र आसपासका क्षेत्रमा दर्जनौँ घर चर्किएको जानकारी आएको जनाएको छ । बिहीबार राति पनि सोही स्थानमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । बिहीबार राति १० बजेर १५ मिनेट जाँदा ५.६ रेक्टर स्केल र १० बजेर २७ मिनेट जाँदा ४.४ रिक्टर स्केलको भूकम्प गएको मापन केन्द्रलाई उद्धृत गर्दै सहायक प्रजिअ भण्डारीले ईकान्तिपुरलाई बताए ।

No comments: