News

Aug 6, 2012

पाकिस्तानमा प्रहरीद्धारा महिला-पुरुषलाई नग्न परेड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पाकिस्तानको सिन्ध प्रान्तको गम्बाद शहरमा प्रहरीले पक्राउ परेका एक पुरुष र महिलालाई प्रहरी चौकीमा नग्न बनाइ परेड गर्न बाध्य पारेको घटना प्रकाशमा आएपछि यसको चौतर्फी विरोध भएको छ । मोबाइल फोनबाट खिचिएको दृश्यमा नग्न पुरुष मुम्ताज मिरबाहरलाई प्रहरीले पिटिरहेको र नग्न पारिएकी महिला शाहनाज बिबीले भने लुगा लगाउन दिन अनुनय गरिरहेको देखाइएको छ । स्थानीय प्रशासनले घटनामा संलग्न केही सहायक प्रहरी निरिक्षकहरुलाई निलम्बनगरी कारवाही अगाडि बढाएको जनाएको छ । उच्च प्रहरी अधिकारीहरुले नग्न परेड गराएको प्रमाणित भए त्यसमा संलग्न प्रहरीहरुलाई कडा कारवाही गरिने जनाएका छन् । प्रहरीले अश्लिलताको अखडा मानिएको स्थानमा छापामारी उनीहरुलाई पक्राउ गरेको बताएको छ । प्रहरीले नै दुव्र्यवहारगरी मोबाइल फोनमा दृश्यहरु खिचेर सार्वजनिक गरेपछि पाकिस्तानमा यसलाई संवेदशील मुद्दाको रुपमा हेरिएको छ ।

No comments: