News

Aug 17, 2012

विकिलिक्सका संस्थापकलाई इक्वेडरले शरण दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राज्य अमेरिकाका विदेश नीति सम्बन्धी गोप्य दस्तावेज सार्वजनिक गर्ने विकिलिक्सका संस्थापकलाई इक्वेडरले शरण दिने भएको छ । विकिलिक्सका संस्थापक सम्पादक जुलियन असान्जलाई दक्षिण अमेरिकी मुलुक इक्वेडरले राजनीतिक शरण दिने बताएसँगै बेलायतले इक्वेडर दूतावास विरुद्ध चर्को आवाज उठाएको छ । बेलायतले असान्जलाई इक्वेडरको दूतावासमै पसेर पक्राउ गर्नेसम्मको चेतावनी दिएको छ । इक्वेडरले भने बेलायतको बोलीमा कुटनीतिक मर्यादा नरहेको भन्दै आपत्ति प्रकट गरेको छ । इक्वेडर दूतावासले भने असान्जको मानव अधिकार हनन् हुने खतरा रहेको भन्दै दुई महिनादेखि शरण दिदै आएको हो । असान्ज दुई महिनाअघिदेखि बेलायतस्थित इक्वेडर दूतावासमा बसिरहेका छन् । इक्वेडरका विदेशमन्त्री रिकार्डो पटिनाले बुधबार भनेका छन् बेलायतले कुटनीतिक मर्यादाविपरित बोलिराखेको छ । इक्वेडरका राष्ट्रपति राफेल कोरियले समेत असान्जको अभिव्यक्तिको स्वतन्त्रता गुम्ने भएकाले दूतावासमा शरण दिएको खुलासा गरेका छन् । उनले भनेका छन् ‘अभिव्यक्तिको स्वतन्त्रताकाका वकालकर्ता असान्जमाथिको अत्याचार रोक्न उनलाई आश्रय दिन इक्वेडर तयार भएको हो ।’ इक्वेडरले अभिव्यक्ति स्वतन्त्रताका पाक्षधरलाई शरण दिएको बताइरहेका बेला बेलायतले भने इक्वेडर दूतावासले असान्जलाई बेलायत सरकारको जिम्मा नलगाइएक उनलाई पक्राउ गर्न दूतावासभित्रै प्रवेश गर्ने चेतावनी दिएको इक्वेडरका विदेशमन्त्रीले बताएका छन् । इक्वेडरका विदेश मन्त्रीले बेलायतको बोली विरुद्ध खरो अभिव्यक्ति दिदै भनेका छन् ‘बेलायतले बोले जस्तै गरेमा कुटनीतिक शक्तिको अधिकतम प्रयोग गरी बेलायती कदमविरुद्ध जाइलाग्ने छौँ ।’
स्वीडेन सरकारले भने असान्जलाई सुपुर्दगी गर्न बेलायतसमक्ष माग गर्दै आएको छ । अष्ट्रेलीयाली नागरिक असान्जले अमेरिकी कूटनीतिक नियोगका विभिन्न मन्त्रालयका गुप्य दस्तावेज विकिलिक्समार्फत सार्वजनिक गरेका थिए । जसले गर्दा उनलाई अमेरिकाबाट खतरा छ । त्यस्तै असान्जविरुद्ध बलात्कारको मुद्धा समेत दायर भएको छ ।

No comments: