News

Aug 6, 2012

पदक तालिकामा चीन फेरि १ नम्बर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
लन्डन्, साउन २२ (एजेन्सी) - लन्डनमा जारी ओलम्पिकको नवौ दिन आइपुग्दा फेरि चीन पदक तालिकको शीर्षस्थानमा उक्लिन सफल भएको छ। कूल ६१ पदक सहित पहिलो स्थानमा उक्लेको चीनले अहिलेसम्म ३० स्वर्ण, १७ रजत र १४ कास्य पदक हासिल गरिसकेको छ। सातौ दिन चीनलाई पछि पार्दै पहिलो स्थानमा रहेको अमेरिका ६० पदकसहित दोस्रो स्थानमा झरेको छ। अमेरिकाले अहिलेसम्म २८ स्वर्ण, १४ रजत र १८ कास्य पदक हासिल गरेको छ। आयोजक बेलायतले आफ्नो स्थिति सुधार्दै तेस्रो स्थान हासिल गरेको छ। १६ स्वर्ण, ११ रजत र १० कास्य सहित उसको पोल्टामा ३७ पदक रहेको छ। चौथोमा दक्षिण कोरिया १० स्वर्ण, ४ रजत र ६ कास्य पदकसहित उभिएको छ भने पाँचौ स्थानमा फ्रान्स ८ स्वर्ण, ८ रजत र ९ कास्य पदकसहित रहेको छ।

No comments: