News

Aug 21, 2012

विकिलिक्सका संस्थापक जुलियनको अमेरिकालाई आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
दूतावासमा शरण लिइरहेका विकिलिक्सका संस्थापक जुलियन असान्जले आज पहिलो पटक सार्वजनिक हुँदै बोलेका छन् । दुई महिनादेखि लन्डनस्थित इक्वेडरको दूतावासमा रहेका उनले आफूहरुविरुद्ध अमेरिकाले थालेको युद्ध बन्द गर्न आह्वान गरेका छन् । दूतावासबाहिर भेला भएका आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा असान्जले विकिलिक्ससँगै विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र हाम्रो सजमाजको स्वास्थ्य पनि बिग्रेको बताए । उनले अमेरिकी सैनिक ब्राडली म्यान्निङलाई पनि रिहा गर्न आग्रह गरे । दूतावासको बरन्डामा देखा परेका उनलाई इक्वेडरले शरण दिने घोषणा गरिसकेको छ । तर बेलायतले भने उनलाई सुरक्षित बाहिर जान नदिने बताएको छ । १० औँ हजार गोप्य अमेरिकी सरकारी कागजातहरु उनले नै विकिलिक्सलाई दिएको अनुमान गरिएको छ । यौन दुर्व्यवहारको आरोपमा स्वीडेनमा सोधपूछका लागि सुपुदर्गी गर्न लागेको भन्दै असान्ज भागेर दूतावासमा प्रवेश गरी शरण माग गरेका थिए ।

No comments: