News

Aug 22, 2012

भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री खुमबहादुर खड्का जेल चलान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई आज जेल चलान गरिएको छ । सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको एकसातापछि खड्काले आज आफैँ अदालतमा उपस्थित भएर विगो बराबरको धरौटी रकम बुझाएपछि उनलाई डिल्लीबजार जेल चलान गरिएको हो । खड्काले हाललाई धरौटी राखेर जेल बाहिरै रहेर पुनरावलोकनको मुद्दा लड्न पाउँ भनि निवेदन दिए पनि अदालतले त्यसलाई अस्वीकार गरेको छ । आफ्ना समर्थकसहित अदालतमा पुगेका खड्काले आफूमाथि अन्याय भएको बताएका छन् । उनले जेल जाने बेलामा संचारकर्मीहरुसँग आफू माथि अन्याय भएको र आफ्नो राजनीतिक भविष्य न्यायधीशले निर्धारण गर्ने नभई जनताले गर्ने समेत बताएका थिए । साउन ३० गते सर्वोच्च अदालतले खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद, ८५ लाख बिगो र त्यति नै जरिवाना तिर्नुपर्ने फैसला सुनाएको थियो । न्यायाधीशद्धय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले खड्काले मन्त्री भएको एक दशकमा स्रोत नखुलेको अस्वभाविक सम्पति कमाएको भन्दै भ्रष्टाचारी ठहर गरेको थियो । अदालतमा फैसला भएको ६० दिनभित्रै अदालतमा उपस्थित भएका कारण खड्काको जरिवाना र कैद सजायमा २० प्रतिशत कम हुने भएको छ । जसका कारण उनी २०७० साल कात्तिक १४ गते खड्का रिहा हुनेछन् ।

No comments: