News

Aug 1, 2012

म्याराडोना चिनियाँ क्लबको प्रशिक्षक बन्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाले चिनियाँ क्लब समाल्ने सम्भावना रहेको समाचारमा जनाइएको छ । भर्खरै मात्र कतारी क्लब अल वासलबाट बर्खास्त गरिएका म्याराडोनाले दुबईमा चिनियाँ क्लबको प्रशिक्षक बन्नको लागि क्लबका प्रतिनिधिसँग छलफल समेत गरिसकेको समाचारमा उल्लेख छ । उनले चीनको कुन क्लबसँग छलफल गरेका हुन् भन्ने विषयमा भने केही बताइएको छैन । ५१ वर्षीय म्याराडोनाले यसअघि अर्जेन्टिनी राष्ट्रिय टोली पनि समालेका थिए । विश्वकपमा आफ्नो टोलीले सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि उनले अर्जेन्टिनी टोलीको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए । सञ्चारमाध्यमको अनुमान अनुसार म्याराडोनाले प्रशिक्षकको लागि चीनको सांघाई सिन्ह्वा क्लबसँग छलफल गरेका छन् ।

No comments: