News

Aug 3, 2012

अमेरिकी आरोपको क्युवाद्वारा खण्डन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हवाना - क्यारेबियन राष्ट्रहरुले आतंकवादलाई लगानी गरिरहेका र प्रश्रय दिइरहेका छन् भन्ने अमेरिकी भनाइको क्युवाले खण्डन गरेको छ । अमेरिकी विदेश मन्त्रालयले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा क्यारेबियन राष्ट्रहरुले आतंकवादीका लागि लगानी गरिरहेको जनाएको थियो । यो भनाइप्रति क्युवाले कडा प्रतिक्रिया जनाएको त्यहाँको सरकारी दैनिक पत्रिका ग्रान्माले जनाएको छ । अमेरिकाले आतंकवाद जस्तो संवेदनशील विषयलाई राजनीतिक स्वार्थमा प्रयोग गर्ने गरेको र अन्य राष्ट्रलाई यसको प्रवर्द्धन गरेको भन्दै दोषारोपण गर्ने गरेको क्युवाले बताएको छ । इरान, सुडान र सिरियालाई जस्तै अमेरिकाले क्युवालाई पनि आतंकवादलाई प्रश्रय दिँदै आएको भन्दै विगत लामो समयदेखि कालोसूचीमा राख्दै आएको छ ।

No comments: